Comments Add Comment

मेयरमाथि घाटमै कुटपिट गर्ने युवा संघ जाजरकोट संयोजक निलम्बित

२३ वैशाख, काठमाडौं । एक दिवंगत नेताको दाहसंस्कारमा सहभागी हुन घाट पुगेका भेरी नगरपालिका, जाजरकोटका मेयर चन्द्रप्रकाश घर्तीमाथिकाे कुटपिटमा संलग्न भनिएका राष्ट्रिय युवासंघ, नेपालका जाजरकोट संयोजक दीपेन्द्र शाहीलाई युवासंघले निलम्बन गरेको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै आफ्नो अन्तरिम विधानअनुसार शाहीलाई संगठनका सबै जिम्मेवारीबाट निलम्बन गरिएको जनाएको छ ।

घटनाबारे छानबिन गर्न संघले एक छानबिन समिति पनि गठन गरेको छ । संघका संयोजक रामप्रसाद सापकोटा (दीपशीखा) का अनुसार १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरिएको हो । समितिमा संघका केन्द्रीय सदस्यहरू मनोज विक, विश्वविक्रम शाह, राजन थापा, भीम रोकाय र भीम जीसी सम्मिलित छन् ।

नेकपा कर्णाली प्रदेश कमिटीका सदस्यसमेत रहेका घर्तीमाथि नेकपा कर्णाली प्रदेश जेष्ठ कम्युनिस्ट मञ्चका सदस्य दिवंगत मधु चन्दको दाहसंस्कारमा सहभागी हुने क्रममा वैशाख १३ गते फेरा घाटमा आक्रमण भएको थियो । आक्रमण शाही नेतृत्वको समूहले गरेको आरोप लागिरहेका बेला संघले उनीमाथि निलम्बन गर्दै छानबिन थालेकाे हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment