Comments Add Comment

कोरोना नदेखिएपछि कोशी अस्पतालबाट ६ जना डिस्चार्ज

एक साता विराटनगरमै राखिने

२४ वैशाख, विराटनगर । कोरोना भाइरस संक्रमणपछि विराटनगरमा उपचार गराइरहेका छ जना भारतीय नागरिक निको भएर डिस्चार्ज भएका छन् ।

पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरूलाई बुधबार बिहान डिस्चार्ज गरिएको हो। अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिदाइ गरे ।

निको भएकाहरूमा पनि पुन: संक्रमण देखिएकोले डिस्चार्ज भए पनि उनीहरूलाई विराटनगर -१४ काे रानी मर्कजमा राखिने काेशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले बताइन् ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूमध्ये ६ जना निको भएर डिस्चार्ज भएका हुन् । उनीहरूलाई फूलका गुच्छा दिएर बिदाइ गरिएको छ ।

विराटनगरको कोरोना विशेष अस्पतालमा ३१ जना उपचाररत छन् । विराटनगरको कोरोना विशेष अस्पतालमा उदयपुरमा संक्रमण पुष्टि भएका मात्र २८ जना उपचार गराइरहेका छन् । बाँकी ३ जनामध्ये दुईजना झापा र एक जना भोजपुरका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment