+
+
Shares

चन्द्रागिरिमा जनप्रतिनिधिको पनि बिमा

रासस रासस
२०७७ वैशाख २४ गते ९:४९

२४ वैशाख, काठमाडौं । चन्द्रागिरि नगरपालिकाले कोभिड-१९ संक्रमण, रोकथाम र नियन्त्रणमा खटिएको भन्दै जनप्रतिनिधिको पनि स्वास्थ्य बिमा गरेको छ । सोमबारदेखि लागु हुनेगरी जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी र एम्बुलेन्स चालकको प्रतिव्यक्ति दश लाखको स्वास्थ्य बिमा गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले व्यवस्थित रुपमा कोरोना नियन्त्रणका लागि जनशक्ति परिचालन गरिरहेको अवस्थामा कार्यरत जनशक्तिलाई थप प्रोत्साहन गर्न तथा हुन सक्ने जोखिम कम गर्न कार्यपालिकाको निर्णयानुसार आन्तरिक खर्चबाट व्यहोर्ने गरी स्वास्थ्य बिमा गरिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय बिमा संस्थानमा नगरपालिकामा कार्यरत तीन सय ५० कर्मचारीको स्वास्थ्य बिमा गरिएको छ जसमा ७८ जनप्रतिनिधि, ८४ नगरअन्तर्गतका कर्मचारी, एक सय ७७ नगरअन्तर्गतका वडा कार्यालय तथा स्वास्थ्यकर्मी र ११ एम्बुलेन्सका चालक छन् ।

बिमाअन्तर्गत प्रतिव्यक्ति ६ लाख बराबरको सामूहिक दुर्घटना बिमा, एक लाख बराबरको औषधोपचार बिमा, दुई लाख बराबरको घातक रोग बिमा र एक लाख बराबरको कोभिड-१९ रोग बिमा समावेश गरी बिमा गरिएको उनले जानकारी दिए ।

गत चैत १९ गतेको नगरकार्यपालिकाको बैठकले जनप्रतिनिधि तथा कर्मचारीको स्वास्थ्य बिमा गर्नै निर्णय गरेको थियो । आन्तरिक व्यवस्थापनमा समय लाग्दा बिमा गर्न केही दिन ढिला भएको उनले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?