Comments Add Comment

स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न नेकपा सचिवालय बैठक बस्दै

२४ वैशाख, काठमाडौं । बिहीबार बस्ने स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुुटावारमा अपराह्न तीन बजेपछि बस्ने छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले स्थायी कमिटी बैठकका एजेण्डा प्रस्तुत गर्ने बताइएको छ ।

सोमबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको छलफलबाट प्रस्ताव तयार पार्ने जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले पाएका थिए ।

यद्यपि अध्यक्षद्वय ओली र प्रचण्डबीच पुनः खटपट भएकाले सहमतिको प्रस्ताव तयार नभइसकेको बताइन्छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली विगतको सहमतिबाट पछि हटेकाले एजेण्डा तयार हुन नसकेको स्रोतले बतायो । ओलीले एक व्यक्ति एक पद, नेताहरुको जिम्मेवारी हेरफेरलगायत विषयलाई बैठकका एजेण्डामा समावेश गर्न मानेका छैनन् ।

सरकार अलोकपि्रय भएको र प्रधानमन्त्रीको मनोमानी बढेको भन्दै असन्तुष्ट ओली इतर समूहले स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्ने तयारी गरेको छ । स्थायी कमिटीमा करिब दुई तिहाइ सदस्यहरु ओलीको विपक्षमा देखिएका छन् ।

औपचारिक बैठकमै आफ्नो आलोचना हुने थाहा पाएपछि ओलीले सकेसम्म धेरै सदस्यहरुलाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन् । मंगलबार मात्रै ओलीले अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग बेग्लाबेग्लै छलफल गरेका थिए । प्रचण्डले पनि नेपाल र खनाल समूहलाई आफूतिरै राख्ने प्रयास गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment