+
+
Shares

चाँडै काममा फर्किने कियाराको आशा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २४ गते १३:३८

बलिउड नायिका कियारा आडवाणीको दिन फिरेका थिए । चलचित्र ‘कविर सिंह’ हिट भएपछि उनको माग बलिउडमा बढेको थियो ।

कियाराको गतबर्ष चलचित्र ‘कविर सिंह र गुड न्यूज’ सुपरहिट भए । उनी चलचित्र ‘भूलभूलैया’को छायांकनमा व्यस्त भइरहँदा लकडाउन सुरु भएको थियो ।

यतिबेला अन्य बलिउड कलाकार जस्तै उनी पनि लकडाउनका कारण घरमै छिन् । तर, कियारा चाडै नै काममा फर्किन चाहन्छिन् ।

भारतीय मिडियासँगको कुराकानीमा कियाराले भनेकी छिन्–‘मलाई थाहा छ, अवस्था मैले सोचे जस्तो छैन । तर, म हरेक दिन बिहान भगवानसँग यही प्रार्थना गर्छु कि, यो समय चाडै नै ठिक होस र काममा फर्किन सकियोस् ।’

कियाराले अगाडि भनिन्– ‘म लकडाउन अगाडि काममा यति धेरै व्यस्त भएँ कि मैले मेरा सफल चलचित्रको खुशी पनि राम्रोसँग साट्न पाएको थिइनँ । अहिलेेे त्यसको लागि पनि समय मिलेको छ ।’

कियाराको ‘भूलभूलैया २, लक्ष्मी बाम्ब, शेरशाह’ लगायतका चलचित्र रिलिजको तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?