+
+
Shares

बैतडीका सडक मजदुरले ८ महिनादेखि तलब पाएनन्

रासस रासस
२०७७ वैशाख २४ गते १६:०५

२४ वैशाख, बैतडी । जिल्लाका सडक मजदुरले विगत आठ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । जिल्लाको पाटन–पञ्चेश्वर सडकमा काम गर्ने मजदुरहरुले गएको असोज महिनादेखि तलब नपाएको गुनासो गरेका हुन् ।

सो सडकमा काम गर्ने १२ जना मजदुरले तलब नपाउँदा दैनिक छाक टार्न मुस्किल भएको बताएका छन् । वर्षौंदेखि आफूहरु सडकमा काम गर्दै आएका तर पाटन पञ्चेश्वर सडक प्रदेश सरकारअन्तर्गत रहेपछि आफूहरुलाई तलब खान मुस्किल भएको मजदुर जयराम भुलले बताए । उनले भने, ‘सडकमै काम गरेर परिवार पाल्ने जोहो गरिरहेको भए पनि पछिल्ला आठ महिनायता तलब नपाउँदा समस्या भएको छ ।’

आफूहरुले काम गरेको तलब नपाउँदा घरपरिवार चलाउन मुस्किल भएको मजदुर लक्ष्मी दमाइले बताइन् । ‘तलबबिनै काम गर्नुपर्दा घरपरिवार चलाउन समस्या भएको छ,’ उनले भनिन् ।

सो सडकमा काम गर्ने मजदुरहरुलाई तलब खुवाउनका लागि प्रदेश सरकारका मन्त्री, सांसदहरुले आश्वासन दिएका भए पनि उनीहरुले तलब पाउन सकेका छैनन् ।

मजदुरहरुसँग कुनै सम्झौता नभएको र यो विषयमा मन्त्रालयले पनि केही निर्णय नगरेकाले उनीहरुलाई तलब खुवाउन नसकिएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले बताए ।

पाटन–पञ्चेश्वर सडकमा काम गर्ने मजदुरको फाइल मन्त्रालयमा पुगेको भए पनि अहिलेसम्म कुनै निर्णय हुनसकेको छैन । वर्षौंदेखि सोही सडकमा काम गरिरहेकाले आफूहरुलाई रोजीरोटीबाट नहटाउन मदजुरहरूले माग गर्दै आएका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?