+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

काठमाडौं आएका ५४ वटा सवारीसाधन नागढुंगाबाटै फर्काइए

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २४ गते १७:४१

२४ वैशाख, काठमाडौं । विभिन्न जिल्लाबाट नागढुंगा नाका आइपुगेका मोटरसाइकलसहितका ५४ वटा सवारीसाधनलाई प्रहरीले फर्काइदिएको छ । सवारी  पास भए पनि विना समन्वय र अत्यावश्यक कामविना आएका उनीहरुलाई फर्काइदिएको प्रहरीले जनाएको छ ।

गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले प्रहरीले नागढुंगामा चेकजाँचमा कडाइ गरेको पाइएको अनलाइनखबरलाई बताए । त्यसक्रममा बिहान ६ बजेदेखि अपरान्हसम्मको अवधिमा ५४ जनालाई फर्काइएको उनले जनाए ।

बुधबार निरीक्षणका क्रममा नागढुंगा पुगेका उनले भने, ‘अत्यावश्यक बाहेकका सवारीसाधनको आवतजावतलाई पूर्णतः निषेध गर्ने गृह मन्त्रालयको नीति छ । त्यसअनुसार फिल्डमा पनि कार्यान्वयन भइरहेको पाएका छौं ।’

अधिकारीका अनुसार अत्यावश्यक अवस्थाका लागि पास चाहिए जिल्लाको प्रशासनसँग पनि समन्वय गर्न भनिएको छ । उनका अनुसार गृहको निर्देशनपछि नाकामा सवारीसाधन र व्यक्तिको ‘मुभमेन्ट’ पातलिएको छ । यद्यपि, एम्बुलेन्समा पनि विरामी नभएका व्यक्तिलाई हालेर ल्याउने गरेको पाइएको उनले बताए ।

अधिकारीले भने, ‘त्यस्ता व्यक्तिलाई प्रचलित ऐनअनुसार कडा कारबाही हुन्छ ।’ नागढुंगा नाकाको अनुगमनका लागि अधिकारीसहित उपत्यका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेल, सशस्त्र प्रहरीको उपत्यका प्रमुख डीआईजी चन्द्रप्रसाद गौतम, काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवाली, राष्ट्रिय अनुसन्धान विभागका अधिकृतलगायत नागढुंगा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?