
फाइल तस्वीर
२४ वैशाख, काठमाडौं । सर्लाहीको मलंगवा नगरपालिका–२ मा अवैध १७ लाख ९० हजार नेपाली रुपैयाँ र ४ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।
भन्सार चेक पोष्टमा खटिएका सशस्त्र प्रहरीले भारतबाट नेपाल प्रवेश गरेको बीआर ३० बीए २४५८ नम्बरको ट्रकलाई जाँच्ने क्रममा स्रोत नखुलेको रकम बरामद भएको हो । पक्राउ पर्नेमा सवारी चालक ४२ वर्षीय रामललित मण्डल र सह–चालक ३३ वर्षको निरजकुमार मण्डल छन् ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रविणकुमार श्रेष्ठका अनुसार ट्रकमा उनीहरुले धान ल्याएका थिए । थप अनुसन्धान भइरहेको छ ।
यसअघि विराटनगरमा पनि सशस्त्र प्रहरीले अवैध एक करोड ९ लाख भारतीय रुपैयाँ बरामद गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4