+
+
Shares

सीमामा अलपत्र नेपालीबारे सोच्न प्रधानमन्त्रीलाई देउवाको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २४ गते १८:४९
फाइल तस्वीर

२४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर कोरोनाको रोकथाम, उपचार र कोरोनाका कारण अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नेबारे ध्यानाकर्षण गराएका छन् ।

उनले नेपालगञ्जमा कोरोनाको परीक्षण व्यापक रूपले गरेर स्थिति थप जटिल बन्न नदिन आग्रह गरेको कांग्रेसले जनाएको छ । सन्त्रासमा रहेका नगरवासीलाई आश्वस्त राख्न पनि देउवाले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

देशभर पीसीआर प्रविधिद्वारा द्रुत गतिमा परीक्षण गर्न पनि देउवाले माग गरेका छन् । उनले कुवेत सरकारको सेल्टरमा राखिएका करिब तीन हजार एवं मध्यपूर्व र विश्वभर अप्ठ्यारोमा रहेका नेपालीलाई क्रमशः उद्धार गर्ने बारे सरकारलाई व्यवस्थित योजना बनाएर कार्यान्वयन गर्न आग्रह गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी सभापति देउवाले प्रधानमन्त्री ओलीलाई सीमा नाकामा क्वारेन्टाइनमा बसेको महिना दिन पुगिसक्दा पनि अझै कयौँले देश आउन नपाएको स्मरण गराउँदै तिनलाई आउन दिन एवं भारतको विभिन्न राज्यमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने व्यवस्था मिलाउनसमेत आग्रह गरेका छन् ।

उनले प्रधानमन्त्रीलाई अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नु सरकारको कर्तव्य रहेको स्मरण गराउँदै केन्द्र सरकारले उद्धार गर्ने एवं प्रदेश र स्थानीय सरकारको समन्वयमा मापदण्डयुक्त क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेर मात्रै घर जान दिने गरी व्यवस्थित र कडाइका साथ कार्य गर्न र गराउन आग्रह तथा माग गरेको पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?