Comments Add Comment

लकडाउनमा कुहियो सिँधुवाको तरकारी

२५ वैशाख, सिँधुवा । लम्बिँदो लकडाउनका कारण सिँधुवाका किसानले लगाएको तरकारी बारीमै कुहिने अवस्था आएको छ । डेढ महिना लामो लकडाउनमा ढुवानीका साधन बन्द हुँदा किसानले तरकारी बजारमा पुर्‍याउन सकेका छैनन् ।

धनकुटाको छथर गाउँपालिकामा पर्ने सिँधुवा तरकारीको मुख्य पकेट क्षेत्र हो । यहाँको तरकारी भारत र तेस्रो मुलुक समेत निर्यात हुने गरेको छ । यो सिजनको मटर कोसा, काउली, रायोलगायतका तरकारी खेती गर्ने किसान भने लकडाउनको मारमा परेको छ । अर्को सिजनको तरकारी लगाउने बेला भइसक्यो । तर, पहिले लगाएको तरकारी समेत नबिकेपछि किसानहरूमा नयाँ बाली समेत लगाउने कि नलगाउने भन्नेमा दोधार उत्पन्न भएको छ ।

‘यो सिजनको उत्पादन धेरै राम्रो भएकोले सबै हौसिएका थियौं’, वडा नम्बर– ६ का किसान गणेश शाक्यले भने, ‘तर, बजार पठाउन ठिक्क परेको बेला सरकारले कोरोना भाइरस नियन्त्रण गर्न भन्दै गरेको लकडाउन हाम्रा लागि डण्डा बनेर बज्रिएको छ ।’

किसानसँग नोक्सानीको हिसाब गरेर बस्नुको विकल्प नरहेको उनले बताए । अर्का किसान डिकबहादुर खड्काका अनुसार, छथर क्षेत्रमा अधिकांश किसानले बैंकबाट ऋण लिएर व्यवसायिक तरकारी खेती गरेका छन् । ‘तर, बल्लबल्ल गरेको उत्पादन बजार पुर्‍याउन नपाउँदा ऋणको साँवा–ब्याज हिसाब गरेर बस्नु परेको छ’, उनी भन्छन्, ‘सबैको हालत मेरै जस्तो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment