Comments Add Comment

स्वास्थ्यकर्मीको सम्मानमा स्वयम्भूमा दीप प्रज्वलन [ फोटो फिचर ]

२५ वैशाख, काठमाडौं । आज वुद्ध जयन्ती । कोरोना भाइरसको महामारी र लकडाउनका कारण देशभर कुनै औपचारिक कार्यक्रम आयोजना भएन ।

सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरी वुद्ध जयन्तीमा लुम्बिनीमा अन्तर्राष्ट्रिय वौद्ध सम्मेलनको कार्यक्रम राखेको थियो । तर उक्त सम्मेलन कोरोना महामारीकै कारण स्थगित हुन पुग्यो ।

त्यसैले सरकारले यस वर्ष वुद्धजयन्तीमा बेलुका ७ बजे दीप बाल्न सबै देशवासीलाई आह्वान गरेको थियो । कोरोना भाइरसको महामारी रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको सम्मानमा दीप बाल्न आह्वान गरेको थियो ।

सरकारको आह्वानमा देशका धेरै ठाउँमा घरमा र सार्वजनिक स्थलमा पनि दीप बालिएको छ । काठमाडौं उपत्यकाको स्वयंम्भूनाथमा पनि साँझ दीप बालिएको छ । वुद्ध जयन्तीमा हरेक वर्ष पूजाआजा र प्रार्थना हुने स्वयंम्भूमा साँझ दीप बालिएको थियो ।

हेर्नुहोस् तस्वीर

मल्टि एक्सपोजरबाट खिचिएको स्वयम्भूको तस्वीर । तस्वीर : आर्यन धिमाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment