Comments Add Comment

अमेरिकाद्वारा रुसलाई स्वास्थ्य सामग्री सहयोग

२६ वैशाख, काठमाडौं । अमेरिकाले रुसलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाको सहयोग स्वीकार गरेको बताएका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पले रुस अहिले कठिन समयबाट अघि बढिरहेको बताए । बिहीबार रुसमा कोरोना भाइरसका संक्रमितको संख्या जर्मनी र फ्रान्समा भन्दा पनि धेरै पुगेको छ ।

अहिले रुसमा एक लाख ७७ हजार एक सय ६० कोरोना भाइरसका संक्रमित देखिएका छन् । यससँगै रुस कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बन्ने मुलुकको पाँचौं स्थानमा आइपुगेको छ। बिहीबार ट्रम्प र पुटिनका बीच फोनवार्ता भएको थियो ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले दुई नेताको बीचमा कोरोना भाइरसका साथै हतियार नियन्त्रणको विषयमा पनि छलफल भएको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment