+
+
Shares

अर्घाखाँचीमा हावाहुरीले नौ वटा घरको छाना उडायो   

रासस रासस
२०७७ वैशाख २६ गते १३:४३
फाइल तस्वीर

२६ वैशाख, अर्घाखाँची । हावाहुरीले शीतगंगा नगरपालिकाका नौ घरका छानो उडाएको छ । त्यसबाट रु २५ लाखभन्दा बढीको क्षति भएको छ ।

वडा नम्बर ४, १० र १२ आएको हुरीले आफ्नो घरको छानोसहित नौ जनाको घर र सात जनाको गोठको छानो उडाउँदा लाखौँको क्षति भएको जिल्ला समन्वय समिति सदस्य बलेन्द्र विश्वकर्माले बताए ।

हुरीले उडाएको छानाले दुई मोटरसाइकल तथा एउटा जिपमा समेत क्षति पुगेको छ । वडा नम्बर ८ मा केरा खेतीमा क्षति पुगेको छ । यस्तै वडा नम्बर १० मा केही घरगोठ हुरीले उडाएको छ ।

राहत कोषमा करिब तीन करोड जम्मा    

छ स्थानीय तहमा कुल दुई करोड ८९ लाख ६६ हजार रुपैयाँ जम्मा भएको छ । पालिकाहरुले विपद् कोषलाई छुट्टाएको रकम, प्रदेश सरकारको सहयोग र स्थानीय तहको सक्रियतामा रकम जम्मा भएको हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?