Comments Add Comment

पीसीआर परीक्षण व्यापक बनाऔं : सांसद शर्मा

२६ वैशाख, काठमाडौं । राष्ट्रिय सभाका सांसद दीनानाथ शर्माले कोरोना भाइरस (कोभिड १९) परीक्षणका लागि पीसीआर टेस्टलाई व्यापक बनाउन माग गरेका छन् ।

शुक्रबार सुरु राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद शर्माले भने, ‘पीसीआर परीक्षणलाई ब्यापक बनाउन सरकारसँग आग्रह गर्छु ।’

कोभिड-१९ को रोकथाम तथा उपचारमा संलग्न चिकित्सक तथा सुरक्षाकर्मीको स्वास्थ्यमा सुरक्षामा उच्च प्राथमिकता दिन पनि शर्माले माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment