Comments Add Comment

कामदारसँगको करार सम्झौता अनिवार्य पालना हुनुपर्छ : गोकर्ण बिष्ट

२६ वैशाख, काठमाडौं । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको करारपत्र एकतर्फी रुपमा रद्द गरेर रोजगारदाताले अन्तर्राष्ट्रिय कानून उल्लंघ गरेको बताएका छन् । नेपाली श्रमिक कोरोनाको संक्रमणका कारण जोखिममा परेकोले नेपालीहरूको समस्या प्रति सरकार संवेदनशील बन्नुपर्ने उनको भनाइ छ ।

‘खास गरी करार अवधि सकिएर स्वदेश र्फकने क्रममा रहेका, अलेखबद्ध, आममाफीमा भाग लिएका, भिजिट भिसाको म्याद सकिएका, विभिन्न कारणले रोजगारी गुमाएका र अन्य विभिन्न कारणले समेत श्रमिकहरु समस्यामा छन्,’ उनले भनेका छन्, ‘कतिपय देशमा करार सम्झौताको एकपक्षीय रूपमा रद्द गरी अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने र जबरजस्ती देश छाड्न आदेश गर्ने जस्ता अमानविय घटनाहरू समेत देखा परेका छन् ।’

बिष्टले विभिन्न देशमा खाने-बस्ने समस्याको कारण नेपालीहरूको जीवन अत्यन्त जोखिममा परेको भन्दै परदेशमा रगत-पसिना बगाएर मातृभूमिको सेवा गर्ने विभिन्न देशमा रहेका नेपालीहरू अलपत्र पर्दा दुःख लागेको बताएका छन् ।

‘उनीहरूले उद्धार र राहतको लागि सरकारको सहारा खोजिरहेका छन् । यस्तो अवस्थामा उनीहरूको उद्धार गरी नेपाल ल्याउन, स्वदेश नल्याउँदासम्म खाने-बस्ने कुराको व्यवस्था गर्न र सम्बन्धित देशलाई करार सम्झौताको अनिवार्य पालना गराउन नेपाल सरकारले अविलम्ब प्रभावकारी कदम चालोस्,’ बिष्टले समाजिक सञ्जालमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment