Comments Add Comment

बोर्डको अध्यक्ष पदका लागि अर्जुन कुमारको आवेदन

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि चलचित्र निर्माता अर्जुन कुमारले आवेदन दिएका छन् । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा पुगेर उनले शुक्रबार आवेदन दिएका हुन् । निर्माता अर्जुन कुमारले आफूसँग चलचित्र क्षेत्रमा लामो समयदेखि काम गरेको अनुभव रहेकाले बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएको बताए ।

अर्जुनले भने–‘नेपाल सरकारको सूचनामा माग भएका सबै कुराहरू पुर्याएर मैले आवेदन दिएको छु । चलचित्र विकास बोर्ड चलचित्र क्षेत्रको एक मात्र सरकारी निकाय हो । यसैले, उक्त संस्था चलचित्र क्षेत्रलाई राम्रोसँग बुझेको मानिस जानुपर्छ भन्ने मेरो मान्यता हो ।’

चलचित्र विकास बोर्डको अध्यक्ष हुनका लागि सरकारले तोकेको मापदण्ड मात्र पुर्‍याएर हुँदैन, राजनीतिक लबिङ पनि आवश्यक हुन्छ । अर्जुनले आन्तरिक लबिङलाई पनि तीव्रता दिएका छन् ।

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि नायक तथा निर्माता भुवन केसी, निर्देशक दयाराम दाहाल, कलाकार सोहित मानन्धरलगायतको पनि चर्चा छ ।

निर्माता अर्जुन कुमारले ‘चपली हाइट, चपली हाइट २, फिटकिरी, चपलइ हाइट ३, फाटेको जुत्ता’ लगायतका चलचित्र निर्माण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment