Comments Add Comment

एकसाथ देखिएलान् त सलमान र शाहरुख ?

बलिउडमा अभिनेताद्वय सलमान खान र शाहरुख खानको नाम उच्च स्थानमा छ। धेरैले उनीहरूलाई प्रतिष्पर्धी भन्ने गर्छन् । तर, सलमान र शाहरुख आफूहरू मिल्ने साथी भएको बताउँदै आएका छन् ।

यी दुई नायकले सफल चलचित्र ‘करण अर्जुन’मा एकसाथ काम गरे । उक्त चलचित्रपश्चात सलमान र शाहरुख केही चलचित्रमा सँगै देखिएका छन् । सलमानको केही चलचित्रमा शाहरुखले केमियो गरेका छन् भने शाहरुखको केही चलचित्रमा सलमानले केमियो गरेका छन् ।

यस्तै सलमान र शाहरुखलाई एकसाथ हेर्न चाहने दर्शकको लागि खुसीको खबर मिलेको छ । यी दुई नायक एकसाथ पर्दामा देखिने सम्भावना बढेको छ ।

निर्देशक राजकुमार हिरानी नयाँ चलचित्रको निर्देशनमा तम्सिएका छन् । जुन चलचित्रको लागि दुई नायकको आवश्यकता पर्छ । जसमा उनले सलमान र शाहरुखलाई रोजेका छन् ।

हिरानीले दुवैलाई चलचित्रको अफर गरिसकेका छन् । शाहरुखले चलचित्र गर्ने मनस्थिति बनाएका छन् भने सलमान विचाराधीन अवस्थामा छन् । यदि दुवैैले चलचित्रको अफर स्वीकारे छिट्टै सलमान र शाहरुखलाई एकसाथ पर्दामा देख्न पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment