Comments Add Comment

आर्थिक पत्रकारसँग सांसदको गुनासो– खेदेको खेदै गर्नुभयो

२७ वैशाख, काठमाडौं । स्थानीय विकास साझेदारी कार्यक्रममा छुट्टयाइएको बजेटको विषयलाई लिएर पत्रकारले खेदेको खेदै गरेको भन्दै सांसदहरुले गुनासो गरेका छन् ।

शनिबार प्रतिनिधि सभाको अर्थ समितिमा भएको आगामी आर्थिक वर्षको बजेट कस्तो हुनुपर्छ भन्ने छलफलमा बोल्दै समितिका सदस्य सांसदहरूले पत्रकारसँग गुनासो गरेका हुन् ।

स्थानीय विकास साझेदारी कार्यक्रमलाई सांसद विकास कोष भनेर पनि बद्नाम गर्न खोजिएको पनि सांसदहरूले बताए । पारदर्शी तरिकाले विकास निर्माण भइरहेको कार्यक्रमका बारेमा गलत तरिकाले संदेश जानेगरी समाचार आउने गरेको सांसद मेटमणि चौधरीले बताए ।

‘पत्रकार साथीहरूले कि त बुझ्नु भएको छैन, कि त बुझेर बुझ पचाउनु भएको छ’ सांसद चौधरीले भने, ’यहाँ फेयर छ, किन यो कुरा बुझिएन ।’ उनले यो बजेटलाई हटाउन नहुने बताए ।

अर्का सांसद पदम गिरीले पनि पत्रकारको बुझाइमा केहि परिवर्तन गर्नुपर्ने बताए । स्थानीय विकास साझेदारी कार्यक्रममा वेथिति नभएको उनले बताए । पारदर्शी भएको कारण यसको विरोध होइन समर्थन गर्नुपर्ने उनले बताए ।

यसमा सांसदको खासकुनै भूमिका नहुने भन्दै सांसदहरूलाई जोडेर सांसले नै रकम लगे जसरी समाचार आउदा गलत संदेश गएको उनले बताए ।

सांसद रामबावु यादवले समानुपातिक विकासका लागि स्थानीय विकास साझेदारी कार्यक्रम धेरै राम्रो भएको बताए । ठेकेदारले गर्ने भन्दा धेरै राम्रो काम यस बजेटबाट भएको समेत सांसद यादबले दाबी गरे ।

समितिले आगामी आर्थिक वर्षको बजेटका लागि सझुाव माग्न आर्थिक पत्रकारहरुका दुई संस्था नेपाल आर्थिक पत्रकार संघ र नेपाल आर्थिक पत्रकार समाजलाई बोलाएको थियो । दुबै संस्थाका प्रतिनिधिहरुले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउनु पर्ने सुझाव दिएका छन् ।

श्रोत व्यवस्थापनका लागि स्थानीय विकास साझेदारी कार्यक्रममा रहेको बजेट कटौति गर्न उनीहरुको सुझाव दियो ।

चालु आर्थिक वर्षमा प्रति निर्वाचन क्षेत्र ६ करोड रुपैयाँका दरले विनियोजन भएको बजेट यसपटक कटौति गर्नु पर्ने उनीहरुले सुझाव दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment