+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

भारतप्रति सरकारको दलाली खुलारुपमा प्रकट भयो : विप्लव समूह

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २८ गते ७:५७

२८ वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेपालको भूमि हडप्ने भारतको विरोध गर्दै त्यसविरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष सुरु गर्ने चेतावनी दिएको छ ।

नेपाली भूभागमा भारतले रोकतोकविना नै बाटो बनाउँदा पनि चुपचाप बस्नाले भारतप्रति वर्तमान सरकारको दलाली र लाचारी खुला रूपमा प्रकट भएको विप्लव समूहको निष्कर्ष छ ।

भारतले नेपाललाई पराधीन बनाउन लागेको प्रष्ट भएको उल्लेख गर्दै विप्लव समूहले अहिलेको सरकारको अन्त्यका लागि संघर्षमा उठ्न नेपाली जनता, सबै राजनीतिक पार्टी, नेपाली सेना र नेपाल प्रहरीलाई समेत अपिल गरेको छ ।

नेपालको भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवर पुग्ने बाटो बनाएर भारतले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि हमला गरेको विप्लव समूहले जनाएको छ ।

विप्लव समूहको अन्तर्राष्ट्रिय ब्युरोका इञ्चार्ज धर्मेन्द्र बास्तोला (कञ्चन)ले विज्ञप्ति जारी गर्दै भारतलाई नेपालको सार्वभौमिकताको सम्मान गर्न, चीनलाई नेपालको भूभाग हडप्ने भारतको प्रक्रियामा सहभागी नहुन र संयुक्त राष्ट्र संघलाई नेपालको सार्वभौमिकतामाथि भारतले गर्दै आएको हमलामा ध्यान पुर्‍याउन अपिल पनि गरेका छन्।

भारतको पछिल्लो कदम सन् १९६२ देखि नेपालका लिम्पियाधुरा, कालापानीमा पनि सैनिक अखडा गर्ने प्रक्रियाको निरन्तरता उत्कर्षमा पुगेको विप्लव समूहको ठहर छ।

विज्ञप्तिमा लेखिएको छ, ‘भारतीय साम्राज्यवादको यो हर्कत सन् १९६२ देखि नेपालका लिम्पियाधुरा, कालापानीमा पनि सैनिक अखडा गर्ने प्रक्रियाको निरन्तरताको एक उत्कर्षका रूपमा आएको छ । त्यसले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि हमला गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?