+
+
Shares

भारतीय अतिक्रमणको विषय अन्तर्राष्ट्रिय मञ्चमा लैजाऊ : शान्ति समाज

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २८ गते १३:३०

२८ वैशाख, काठमाडौं । लिपुलेक अतिक्रमण गरेर भइरहेको सडक निर्माण कार्य तत्काल रोक्न मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ । साथै उसले कालापानीमा तैनाथ भारतीय सेना फिर्ता गर्न पनि माग गरेको छ ।

नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विषय सार्वजनिक भएलगत्तै एक विज्ञप्ति जारी गर्दै समाजले भूमि अतिक्रमण रोक्न र कालापानीबाट भारतीय सेना फिर्ता गर्न माग गरेको हो ।

‘नेपाली भू–भागमाथिको भारतीय अतिक्रमणलाई रोक्न र नेपाली भूमि कालापानीमा तैनाथ भारतीय सेनालाई फिर्ता पठाउन शान्तिपूर्ण तवरमा कूटनीतिक/राजनीतिक पहल तीव्र बनाउन नेपाल सरकारसमक्ष पुनः आग्रह गर्दछ,’ समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भारतले नेपाली भूमि समेटेर राजनीतिक नक्सा सार्वजनिक गरेलगत्तै कूटनीतिक पहलमार्फत त्यसलाई सच्याउन सरकारसमक्ष आग्रह गरे पनि त्यसतर्फ चासो नदिइएको भन्दै समाजले असन्तुष्टि जनाएको छ ।

‘संवेदनशील विषयमा नेपाल सरकारले कूटनीतिक/राजनीतिक तवरमा गरेको पहलसहितको सम्पूर्ण विवरण समावेश गरी स्वेतपत्र जारी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रहसहित दुई दर्जन भन्दा बढी जिल्लामा शान्ति समाजका जिल्ला शाखाहरुले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएका थिए,’ समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर यस्तो संवेदनशील विषयमा नागरिकस्तरबाट अघि सारिएका सुझावहरूप्रति सरकार उदासिन रह्यो ।’

भारतले आक्रामक ढंगले नेपाली भूमि अतिक्रमण गरेकाले यसलाई अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चहरूमा प्रभावकारी ढंगले उठाउन समाजले सरकारलाई सुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?