Comments Add Comment

मेची नाका हुँदै भारतबाट मालवस्तु आउन थाल्यो, निर्यातमा रोक कायमै

३१ औं दिनमा खुल्यो मेची नाका

२८ वैशाख, काठमाडौं । चैत २६ गतेदेखि बन्द पूर्वको मेची नाका सञ्चालनमा आएको छ । तर, भारतबाट सामान आउन थालेपनि नेपालबाट सवारी भारततर्फ जान भने अझै रोक कायमै छ ।

भारतको पश्चिम बंगाल सरकारले कोरोना त्रासका कारण एकलौटी रुपमा बन्द गरेको नाका नेपालको कुटनीतिक दबावपछि शनिबारबाट सञ्चालनमा आएको मेची भन्सार प्रमुख ध्रुब विश्वकर्माले अनलाइनखबरलाई बताए ।

भारतबाट सामान बोकेर आएका सवारी रित्तो फर्किंदा भने जोगवनीबाट पठाउन उनीहरुले शर्त राखेको भन्सार कार्यालय प्रमुख विश्वकर्माको भनाइ छ । बन्द भएको ३१ औं दिनपछि शनिबार नाकाबाट ३१ वटा मालबहाक सवारी नेपाल भित्रिएको उनले बताए ।

‘शनिबार कोईला, फलफूल, चकलेट, बिस्कुट तथा कृषिका भिटामिन बोकेका गाडीहरु तथा आइतबार ग्यासका बुलेटसहित सवारी नेपाली भन्सार यार्डमा आईपुगेको छ,’ भन्सार कार्यालय प्रमुख विश्वकर्माले भने ।

नेपालले बंगलादेश, भुटान र भारतसाग व्यापार गर्ने मेची नाका कोरोनालाई काराण देखाउादै भारतको पश्चिम बंगाल सरकारले चैत २६ गतेदेखि बन्द गरेको थियो । नेपालतर्फ हिंडेका सयौं गाडीहरु बाटोमै अलपत्र परेपछि नेपालले रि-रुट गरेर बिराटनगरबाट मालवहाक सवारी साधन भित्र्याएको थियो ।

परराष्ट्र मन्त्रालयले भारत सरकारलाई नाकाको अवरोध हटाउन कुटनीतिक पहल थालेपछि भारतको गृह मन्त्रालयले नाका खोल्न पश्चिम बंगाल सरकारलाई निर्देशन दिएको थियो । भारतको पानी ट्यांकी भन्सारका सुपरिन्टेन्डेन्टले शनिबार बिहान फोन गरेर सामान पठाउने जानकारी नेपाली भन्सारलाई गराएको थियो ।

मेची नाकामा भारतले गैरकानूनी शर्त राखेको भन्सार विभागले जनाएको छ । पहिलो त कानुनविपरीत अन्तर्राष्ट्रिय नाकामा राज्य सरकारबाट अवरोध भएको र नाका खुलेपनि नेपालको निर्यात रोक्ने रणनीति भारतीयहरुले बनाएको भन्सारका अधिकारीको बुझाइ छ ।

‘आफ्नोबाट नेपालतर्फ सवारी जान दिने तर रित्तो तथा नेपालको निर्यातजन्य वस्तु नाका भएर आउन नदिनु कानुनसम्मत छैन,’ एक अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment