Comments Add Comment

काठमाडौंमा ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको खपत

२८ वैशाख, काठमाडौं । नेपाल सरकारले आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ ।

लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आज दोब्बर खपत भएको नेपाल आयल निगम थानकोट डिपोले जनाएको छ ।

डिपोका प्रमुख प्रदीप यादवका अनुसार, आज दुई सय किलोलिटर पेट्रोल र पाँच सय किलोलिटर डिजेल खपत भएको छ । उनका अनुसार लकडाउन अवधिमा दैनिक ८० किलोलिटर पेट्रोल र दुई सय किलोलिटर डिलेज खपत हुँदै आएको थियो ।

टाइम कार्ड लागू गरेर सवारी साधन सञ्चालन गरेसँगै पेट्रोलियम पदार्थको खपतमा वृद्धि भएको उनले जानकारी दिए । उनका अनुसार, थानकोट गृहको भण्डारण क्षमतामध्ये पेट्रोल ८५, डिजेल ७२ र मट्टीतेल ८० प्रतिशत मौज्दात छ । तिनमा पाँच हजार ३१० किलोलिटर क्षमता रहेको पेट्रोल भण्डारणमा हाल चार हजार ५ सय किलोेलिटर पेट्रोल राखिएको छ ।

त्यस्तै ८ हजार ४ सय किलोलिटर क्षमता रहेको डिजेलको भण्डारमा हाल सात हजार किलोलिटर र ७ सय ६० किलोलिटर क्षमता रहेको मट्टीतेलमा हाल सात सय किलोलिटर राखिएको छ ।

क्षमता हुँदाहुँदै पनि भरी तेल राख्न नमिलेका कारण ट्यांकरमै तेल राखिएको उनले जानकारी दिए । उनका अुनसार हाल तीस ट्याङकरमा पेट्रोल र एक सय ट्याङकरमा डिजेल डिपोमा राखिएको छ । लकडाउनअघिसम्म काठमाडौं उपत्यकामा मात्र दैनिक छ सय किलोलिटर पेट्रोल र आठ सय किलोलिटर डिजेल खपत हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment