Comments Add Comment

क्वारेन्टाइनमा बसेवापत सम्मान !

२८ वैशाख, जुम्ला । कोरोना भाइरसको जोखिम हुन नदिन गुठीचौर गाउँपालिका–१ मा तयार गरिएको क्वारेन्टाइनमा बसेर २५ जना १४ दिनपछि घर फर्किएका छन् । उनीहरुलाई सो गाउँपालिकाले खादा ओढाएर सम्मानसहित घर फर्काएको छ ।

क्वारेन्टाइनमा रहनेका लागि सो वडाले खाना र स्वास्थ्य व्यवस्थापन गरेको वडाध्यक्ष गणेश ऐडी जानकारी दिए । पशु सेवा केन्द्रको भवन र खडकदेवी माध्यामिक विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको थियो ।

स्थानीय सरकारको आग्रह र नियमलाई अनुशरण गर्दै क्वारेन्टाइनमा बसेको भन्दै वडाले सम्मानका साथ बिदाइ गरी घर पठाएको हो । वडाध्यक्ष ऐडीका अनुसार १४ दिनसम्म नियमपूर्वक बसी वडालाई सहयोग गरेकाले सम्मानका साथ बिदाइ गरिएको हो । क्वारेन्टाइनमा बसेका मध्ये सात जनाको आरडिटी परीक्षणपछि घर फर्काइएको छ । अन्य १८ जनाको पिसीआर गर्ने शर्तमा घर पठाइएको छ । क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड–२०७६ अनुसार उनीहरुलाई एक श्ययादेखि अर्को श्ययासम्मको न्यूनतम दूरी साढे तीन फिटको फरक थियो ।

लकडाउन अवधिमा यहाँ १० हजार ८३८ भित्रिएका छन् । ५२१ श्ययाको क्वारेन्टाइनमा २०५ जना बसेका छन् भने ९०५ जना १४ दिनपछि घर फर्केको शनिबार जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । त्यसैगरी ५१६ होम क्वारेन्टाइनमा बसेका छन् । जुम्लामा ४१५ को पिसीआर र २६१ जनाको आरडिटी परीक्षण भएको र सबैको रिपोर्ट नेगेटिभ रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डा. मंगल रावलले बताए ।

यहाँ ४१५ जनाको कोरोना पिसिआर जाँच गरिएको छ । भारत, तेस्रो मुलक र नेपालका विभिन्न जिल्लाबाट आएका व्यक्तिलाई कोरोना पिसिआर जाँच गरिएको हो ।

यहाँबाट स्वाब सङ्कलन गरी सुर्खेत तथा काठमाडौँमा पठाएर ३३९ जनाको पिसीआर परीक्षण गरिएको थियो । सो अस्पतालले २२ वैशाखदेखि कोरोना परीक्षण पिसीआर उपकरण सञ्चालनमा ल्याएदेखि जुम्लामा ७६ गरी जम्मा ४१५ जना परीक्षण गरिएको हो । पिसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment