+
+
Shares

पत्रकार तिवारी यादव रिहा, मोबाइल फिर्ता दिएन

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २८ गते २०:३३

२८ वैशाख, वीरगञ्ज । प्रहरीले वीरगञ्जका पत्रकार तिवारी यादवलाई रिहा गरेको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं २ समितिसहित पत्रकारसम्वद्ध संघसंस्थाले दबाव दिएपछि उनी रिहा भएका हुन् ।

वीरगञ्जको लिंकरोडस्थित नारायणी एफएम स्टेशनको प्रवेशद्वार अगाडिबाट आइतबार दिउँसो २ बजेतिर पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेको थियो । एफएम स्टेशनको प्रवेशद्वार छेउकै सडकपेटीमा पत्रकार यादवको मोटरसाइकल पार्किङ गरिराखिएको थियो । प्रहरीले सडक पेटीमा राखेको मोटरसाइकल हटाउन भनेका थिए ।

सोही विषयमा विवाद हुँदा प्रहरीले उनलाई पक्रेको थियो । जिल्ला प्रहरी कार्यालयमा समेत प्रहरी भ्यानमै राखिएका पत्रकार यादवलाई प्रदेश नं २ का प्रहरी प्रमुख डिआईजी धिरज सिंहको उपस्थितिमा रिहा गरिएको थियो ।

प्रहरीले आफूमाथि हातपात समेत गरेको यादवले बताएका छन् । यादवलाई रिहा गरेपनि मोबाइल भने फिर्ता गरेको छैन ।

प्रहरी उपरीक्षक गंगा पन्तले घटनाको छानवीन गरेर दोषीलाई कारबाही गर्ने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?