Comments Add Comment

कोरोनापछि कृषि अर्थतन्त्रमा के गर्ने ?

विश्व महामारी कोरोना भाइरस कसरी सकिन्छ र माहामारीपछि विश्व कसरी तङ्ग्रिन्छ ? अनुमान गर्न सहज छैन । अझ हामी जस्तो भर्खर विकासमा फड्को मार्दै गरेको देशमा यसको असर लामो समयसम्म उराठलाग्दो हुनेछ ।

राजनैतिक परिवर्तनले एउटा दिशा लिएर आर्थिक परिवर्तनका लागि संघर्षरत हाम्रो अर्थतन्त्रले २०७२ सालको महाभूकम्प र नाकाबन्दीको सामना गर्नुपर्‍यो । उक्त महाविपत्तिबाट उठेर हिँड्न लाग्दा कोरोनाजस्तो माहामारीले लडाउने निश्चित छ । र, पुनः उठेर दोहोरो अंकमा दगुर्नुपर्ने छ, जुन चुनौतिपूर्ण छ । तर, असम्भव भने छैन ।

हाम्रा प्राकृतिक श्रोतहरु जल, जमिन, जङ्गलको कसरी उपयोग गर्ने ? कृषि, पर्यटन, उर्जा र उद्योगहरु कसरी जीवित राख्ने ? अबका नेपाली अर्थतन्त्रका चुनौती यिनै हुन् ।

यो माहामारी नआएको भए हामी नेपालीहरु भिजिट नेपाल २०२० मा मस्त हुन्थ्यांै होला । भिजिट नेपाल २०२० र पर्यटन क्षेत्रमा कति लगानी भयो र कोरोनाले कति नोक्सान बेहोर्नुपर्‍यो, विस्तृत विवरण आउला। तर अब पर्यटन उध्योग तत्काल गति लिन त्यति सहज देखिँदैन । किनकि अबको केही बर्ष मान्छेको घुमफिर कम हुनेछ । कोरोना माहामारी सामान्य हुन १८-२४ महिना लाग्ने कुरा विश्व स्वास्थ्य संगठनले बताइसकेको छ ।

अर्को हाम्रो सम्भावित आर्थतन्त्रको खम्बा भनेको उर्जा हो । महाभुकम्प, नाकाबन्दीका साथै बाढी, पहिरोसँग जुध्दै आएको हाम्रो उर्जा क्षेत्र पनि निर्माणाधिन आयोजना सम्पन्न गर्ने र निर्माणको चरणमा रहेका पीपीए र ऋण सम्झौता भइसकेका आयोजना निर्माण गर्नमा अबको केही बर्ष बित्नेछन् । तत्काल ठूला र नयाँ आयोजनामा लगानी नआउने संकेत अर्थमन्त्रीले गरिसकेका छन् । हाललाई  निर्माणाधिन र निर्माणको चरणमा रहेका आयोजनामा जारी राख्न सक्नु नै सफलता हुनेछ ।

विसं २०६८ को कृषि गणनाअनुसार नेपालमा ३८ लाख ३१ हजार कृषक परिवार छन् र उक्त संख्याको ८३ प्रतिशत अर्थात ३१ लाख ८० हजार नेपालीको मुख्य आयस्रोत कृषि हो । तर, बिडम्बना ६० प्रतिशत कृषकलाई आˆनो उपभोगको लागिसमेत नपुग्ने स्थिति छ । त्यसैले नेपाली कृषि क्षेत्रमा आमूल सुधारको खाँचो छ । र, अहिले एक अवसर पनि हो ।

बहुसंख्यक नेपालीहरु कृषिमा आधारित छन् । तर, निर्वार्हमुखी, सानो संख्यामा रहेका व्यवसायिक कृषकलाई सरकारले केही मात्रामा सहुलियत ऋण र बिउ दिनुबाहेक अन्य कुनै आकर्षक प्याकेज दिन नसकेर कृषि व्यवसायमा आकर्षण घट्दो छ । त्यसैले अब निर्वाहमुखी कृषिलाई व्यवसायिक गर्दै परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषिमा रुपान्तरण गर्न तत्काल कदम चल्नुपर्ने हुन्छ । नेपालमा अब आउन सक्ने बेरोजगारीलाई काम गर्न होस् या भोलि हुन सक्ने भोकमरीबाट बच्नका लागि होस्, व्यवसायिक कृषि अबको नेपालको उत्तम विकल्प हुन सक्छ । जसका लागि अन्य क्षेत्रमा जस्तो अर्बांै लगानी नै गर्नुपर्दैन । तत्काल कृषि क्षेत्रमा निम्न सुधारहरु गर्न सकिन्छ ।

  • कृषि उपकरणको उपयोग गर्ने, जुन अहिले केही मात्रामा छन तिनलाई अझ व्यापक गर्ने ।
  • कृषि प्रविधिकहरुको उच्चतम प्रयोग, जस्तो-कृषि विश्वविद्यालयका विद्यार्थीहरुलाई इन्टर्नसीप गराएर हुन्छ कि कृषि कलेजका विद्यार्थीहरु लाई गाउँ गाउँमा प्राक्टिकल गराएर कृषि भूमिको माटो परीक्षण गराउने, माटो र पानी अनुसारको बाली लगाउने ।
  • कृषि छेत्रमा मजदुर आकर्सन गराउने साथै कृषिको ‘पिक टाइम’ असार, मङसिर जस्तो समयमा निर्माण लगायत अन्य असंगठित छेत्रका मजदरुहरु कृषि मा अनिवार्य गर्ने ।
  • कृषि बीमा ब्यापक गर्ने, सरकारले सहुलियत दिने ।
  • प्रत्येक स्थानीय निकायमा कृषि प्रबिधिक राख्ने र कृषक र कृषि प्राविधिक परामर्श गर्ने/गराउने.
  • स्थानीय रुपमा उत्पादित कृषि उपजहरुलाई स्थानीय निकायले बिक्री वितरणका लागि सहजीकरण गरिदिने, सम्भव भय बजार सुनिश्चित गरिदिने ।
  • कृषिमा सहुलियत कर्जा सरल गराउने ।
  • कृषिमा उत्पादन नभयको या उत्पादित बस्तुले बजार नपायमा बिमाबाट या सरकारले राहात दिने ।
  • बाझो जग्गा राख्न दुरुत्साहित गर्ने, जस्तो बाझो जग्गामा तेब्बर कर लिने या स्थानीय निकायले बाझो जग्गाको लगत राख्ने र कृषि गर्ने इच्छुक कृषकलाई उपलब्ध गराउने भूमि बैंकको स्थापना गर्ने
  • प्रत्येक स्थानीय निकायले सम्भावित कृषि उत्पादको लागत संकलन गर्ने र कृषिमा लक्ष निर्धारण गर्ने र उक्तलक्षअनुसार अनुदान र सहुलियत दिने ।
  • प्रधानमन्त्री स्वोरोजगार कार्यक्रमजस्तो कृषि स्वरोजगार कार्यक्रम लागु गर्ने ।

यी लगायतका सुधारहरु गरी नेपालीलाई व्यवसायिक र आधुनिक कृषिमा जोड्न सकियो भने तत्काल बेरोजगार दर पनि कम हुने र सानो लगानीमा देशको जीडीपीमा व्यापक सुधार हुँदै ब्यापार घाटासमेत कम हुने निश्चित छ । नेपाली कृषिका लागि कोरोना कहर अवसर हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment