News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघ र ए डिभिजन क्लबहरुको बैठक मंसिर ४ गते सम्पन्न भएको छ।
- ए डिभिजन क्लबहरुले पूर्व सहमति अनुसार राष्ट्रिय लिग गर्नुपर्ने माग राखेका छन्।
- मंसिर ७ गते खेलाडी संघलाई समावेश गरी लिग सम्बन्धी छलफल गर्ने निर्णय भएको छ।
४ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एनणफा) र ए डिभिजन क्लबहरुको बैठक सकिएको छ । यही मंसिर ७ गते फुटबल खेलाडी संघसहित फेरी बस्ने गरी बिहीबारको एन्फा र ए डिभिजन लिगका क्ललबहरूको बैठक सकिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
ए डिभिजन क्लबलहरुले बिहीबार बिहान ९ बजे एन्फा गेट अगाडि विभिन्न माग राख्दै धर्नामा उत्रिएका थिए । एन्फाले पनि ए डिभिजन क्लबहरुलाइ बिहीबार बिहान १० बजेका लागि बैठकमा बोलाएको थियो ।
क्लबहरूको धर्नापछि एन्फा मुख्यालयमा एन्फा र ए डिभिजन क्लबबीच बैठक बसेको थियो । जसमा क्लबहरूले यसअघि एन्फा र क्लबहरूबीच भएको सहमति पालना गर्नुपर्ने माग राखेको थियो ।
त्यसपछि मंसिर ७ गते खेलाडी संघलाईसमेत समावेश गरेर लिग बारे छलफल गर्नेगरी बैठक सकिएको हो ।
ए डिभजन क्लबले पूर्व सहमति अनुसार राष्ट्रिय लिग गर्नुपर्ने माग राख्दा खेलाडी संघले क्यालेन्डरमा उल्लेख भएअनुिार पुषबाटै ए डिभिजन लिग गर्नुपर्ने माग राखेको छ ।
यस्तै एन्फा पदाधिकारी, खेलाडी संघ र खेलकुद मन्त्रीसहितको बैठकमा भने चैतमा ए डिभिजन लिग आयोजना गर्ने सहमति भएको थियो । जसले गर्दा लिग नै अन्योल बनेको छ ।
त्यसैले एन्फाले अब तीन पक्षबीच नै बैठक आह्वान गरेको हो ।

प्रतिक्रिया 4