Comments Add Comment

भारतमा मंगलबारदेखि रेल चल्ने

२९ वैशाख, काठाडौ । लामो समयको लकडाउनलाई खुकुलो बनाउँदै भारतले मंगलबारदेखि करिब एक दर्जन शहरमा रेल सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । तर, यातायात सञ्चालनमा केही शर्तहरु राखिएका छन् । र, पहिलो चरणमा दिल्लीबाट तोकिएका निश्चित शहरमा मात्र रेल सञ्चालन गरिँदैछ ।

लकडाउनको ५० दिनपछि मंगलबारदेखि भारतमा रेल चल्न लागेको हो । त्यहाँको रेल मन्त्रालयका अनुसार मंगलबारदेखि १५ एसी कोच भएको रेल सञ्चालनमा आउन लागेका हुन् ।

यी रेलहरु नयाँ दिल्लीबाट पटना, राँची, हावडा, डिब्रूगढ, अगरतला, विलासपुर, भुवनेश्वर, सिकन्दरवाद, बेंगलुरु, चेन्नेई, तिरुअनन्तपुरम, मडगाउँ, मुम्बई सेन्ट्रल, अहमदावाद र जम्मूसम्म जानेछन् ।

यी रेलको बुकिङ सोमबार चार बजेदेखि शुरु हुने बताइएको छ ।

रेल सञ्चालनका क्रममा स्वास्थ्यसम्बन्धी केही शर्तहरु तोकिएका छन् । यात्रुले अनिवार्यरुपमा मास्क लगायत कपडाले अनुहार ढाक्नुपर्ने छ । टिकट अनिवार्यरुपमा अनलाइनमार्फत दिनुपर्ने छ । टिकट बुकिङ काउन्टरहरु खोल्न पाइने छैन । साथै तोकिएको स्टेशनबाहेक अन्य स्थानमा यात्रुहरुको चढाउन, ओराल्न पाइनेछैन । टिकट दर पहिलेको भन्दा केही महंगो हुन सक्ने बताइएको छ ।

भारत सरकारले यसपछि चरणवद्ध रुपमा थप रेल सञ्चालनमा ल्याउने बताएको छ । रेल भारतको महत्वपूर्ण सार्वजनिक यातायात हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment