Comments Add Comment

माइतीघरमा नेविसंघको प्रदर्शन, २ दर्जन बढी समातिए

२९ वैशाख, काठमाडौं । नेपाली भूमि लिपुलेक अतिक्रमणको विरोधमा प्रदर्शनमा उत्रिएका नेविसंघका नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेविसंघ महामन्त्री वलदेव तिमिल्सिनाको नेतृत्वमा प्रदर्शनमा उत्रिएका २ दर्जन बढी विद्यार्थीलाई सोमबार अपराह्न ४ बजे माइतीघर मण्डलाबाट नियन्त्रणमा लिइएको हो ।

सीमा अतिक्रमणको विरोधमा प्रदर्शनमा उत्रिएका आफ्ना नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघका एक विद्यार्थीले जानकारी दिए ।

पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ । प्रदर्शनका क्रममा विद्यार्थीहरूले अतिक्रमित जग्गा फिर्ताको पहल गर्न आग्रह गर्दै नाराबाजी गरेका थिए ।

नेपाली भूमि लिपुलेक अतिक्रमण प्रकरण प्रकाशमा आएपछि यसको विरोधमा प्रदर्शन भइरहेका छन् । सोमबार नै माइतीघर मण्डलामा पूर्वप्रशासकलगायतले पनि प्रदर्शन गरेका थिए । सो क्रममा ३० भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी, राष्ट्रिय सीमा रक्षा अभियानका अभियन्ता बताउनेहरूले पनि सोमबार राजधानीमा सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गरेका थिए । सो क्रममा उनीहरूले नेपाल र भारतका प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment