Comments Add Comment

ओम्नीको बचाउ गर्दै स्वास्थ्य सचिवले भने – सामान नल्याएको भए भयावह स्थिति आउँथ्यो

२९ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले ओम्नी ग्रुपको बचाउ गरेका छन् र,  चीनबाट स्वास्थ्य सामग्री नल्याएको भए नेपालको अवस्था भयावह हुने जिकिर गरेका छन् ।

स्वास्थ्य सामग्री खरिदमा भएको भनिएको अनियमितताबारे सोमबार राज्य व्यवस्था समितिमा भएको छलफलमा सचिव कोइरालाले ओम्नी ग्रुपले ल्याएको स्वास्थ्य सामग्रीकै कारण कोरोना रोकथामका काम हुन सकेको दावी गरे । ‘त्यतिखेर पीपीई थिएन, भाइजर थिएन ग्लोब्स थिएन, किट्सका सामान नहुँदा ३ सय कि ५ सय मात्रै टेस्ट गरेका थियौं, अहिले १८ हजार पु¥याएका छौं । त्यही सामानले १८ हजार पुर्‍याएका छौं । नभए भयावह स्थिति हुन्थ्यो कि हुन्थेन ?’ उनले प्रश्न गरे ।

ओम्नी ग्रुपले सम्झौता अनुसार स्वास्थ्य सामग्री ल्याउन नसकेको भनी स्वास्थ्य सेवा विभागले सम्झौता रद्ध गरिसकेको अवस्थामा स्वास्थ्य सचिव कोइरालाले ओम्नीको बचाउ गरेका हुन् ।

‘ओम्नीबाट किन ल्यायौं ? अरुबाट किन ल्याएनौं ? ओम्नीबाहेक अरुले किन (टेण्डर) दिएनन् । क्वेसन (प्रश्न) त हामीले पनि त राख्न पाउनुपर्‍यो नि ?’ उनले भने ‘ओम्नीले किनेर ल्यायो र जनतालाई कसरी बचायो ? यदि त्यत्तिखेर भ्रष्टाचार भएको छ । अनियमितता भएको छ भने छानबिन गरौं ।’

उनले ओम्नीसँग बजार मूल्य भन्दा १४ प्रतिशतमात्र बढी मूल्यमा सामान खरिद सम्झौता भएको बताए ।  स्वास्थ्य सामग्री खरिदमा अनियमितता नभएको दावी गर्दै सचिव कोइरालाले महामारीको बेलामा कसैले पनि अपराध नगर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment