Comments Add Comment

प्रकाश चन्दले कपिलवस्तुमा चलाए नि:शुल्क स्वास्थ्य शिविर

३० वैशाख, कपिलवस्तु । लकडाउनको बेला नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाशचन्दसहितका स्वास्थ्यकर्मीहरूले कपिलवस्तुको शिवराज नगरपालिककामा नि:शुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

विप्लवको गृहनगर रहेको शिवराज नगरपालिका-९ का विभिन्न स्थानमा गरिएको शिविरमा ५३० जना बिरामीको उपचार गरिएको प्रकाशले अनलाइनखबरलाई जानकारी दिए ।

चिकित्सा शिक्षा संघर्ष समिति र अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको संयुक्त आयोजनामा गरिएको शिविरमा शिवगढी भोकरमा ५०, भगवानपुरमा एक सय, रमाधमा एकसय ८०, तुरुन्तपुर शहीद स्मृति प्रतिष्ठानमा दुई सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

पाँच दिनसम्म चलेको शिविरमा छाला, एलर्जी, उच्चरक्तचाप, मधुमेह, महिलासम्बन्धी विभिन्न रोगको उपचार गरिएको प्रकाशले जानकारी दिए । सो शिविरमा आउनेहरूलाई नि:शुल्क मास्कसमेत वितरण गरिएको थियो ।

जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टीकाराम कँडेलले लकडाउनका बेलामा जोखिम मोलेर नै जनताको सेवामा जुट्नेहरूलाई सरकारले धरपकड गरी दुःख दिएको भन्दै आपत्ति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment