Comments Add Comment

लकडाउन खुकुलो पारिएसँगै पाकिस्तानका बजारमा भिड र ट्राफिक जाम

३० वैशाख, काठमाडौैं । पाकिस्तानमा लकडाउन खुकुलो पारिएसँगै बजारमा ठूलो भिड र सडकमा ट्राफिक जाम देखिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानका प्रमुख शहरमा ठूलो संख्यामा मानिसको भिड देखिएको छ । पाकिस्तानका अधिकांश बजार एक महिनाभन्दा लामो समयपछि खुलेका छन् ।

पाकिस्तानको समाचार पत्रिका ‘द डन’का अनुसार अहिले पाकिस्तानमा सार्वजनिक यातायात चलेका छैनन् । तर, कारखाना र कार्यालयहरु भने खुलेका छन् । काराँचीका एक व्यापारी मोहम्मद सत्तारले दुई महिनापछि पसल खोलेका बताएका छन् । उनले आफूहरुको अवस्था निकै दयनीय बनेको र ऋणको भार बढेको बताएका छन् । यद्यपि पछिल्लो समय पाकिस्तानमा बढ्दो संक्रमणबारे पाकिस्तानका मानिसहरुमा चिन्ता भने बढेको छ ।

पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ हजार ८१ पुगेको छ भने सात सय ६ जना मानिसको मृत्यु भइसकेको छ । साथै, आठ हजार पाँच सय ५५ जना मानिस संक्रमित बनेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment