Comments Add Comment

चन्द्रमामा पूर्वाधार बनाउन मान्छेको पिसाब !

भौतिक पूर्वाधार निर्माणका लागि मानिसको पिसाबसमेत काम आउँछ भन्ने कुरा सायद कसैले कल्पना गरेको छैन । उसो त यो पृथ्वीमा पूर्वाधार निर्माणमा पिसाबको कुनै उपयोगिता छैन पनि । तर मान्छेको पिसाबको चन्द्रमामा चाहीँ काममा आउने भएको छ ।

युरोपेली अन्तरीक्ष एजेन्सीका अनुसार चन्द्रमामा भौतिक पूर्वाधार निर्माणका लागि चाहिने कंक्रिट तयार गर्न मानिसको पिसाब उपयोगी हुनेछ ।

एजेन्सीका वैज्ञानिकहरूले गरेको अनुसन्धान अनुसार पिसाबमा हुने युरियाले कंक्रिटलाई कडा भएर जम्नु अगाडि चाहिँदो आकारमा ढाल्नका लागि लचकता प्रदान गर्नेछ । साथै युरियाले हाइड्रोजनमा भएका रासायनिक बण्डलाई विच्छेद गर्ने भएकाले तरल मिश्रणको जम्ने प्रक्रियालाई सुस्त पारिदिन्छ । जसका कारण कंक्रिट तयार गर्न लाग्ने मानिसको मात्रा पनि घट्दछ ।

वैज्ञानिकहरूका अनुसार मानवमुत्र प्रयोग गरी चन्द्रमामै भएका पदार्थहरूको उपयोगबाट कंक्रिट तयार गरेर भौतिक पूर्वाधार निर्माण गर्न सकिने सम्भावना छ । यसो भएमा चन्द्रमामा पूर्वाधार निर्माणका लागि पृथ्वीबाट धेरै सामानहरू पठाउनुपर्ने छैन ।

वैज्ञानिकहरूका अनुसार चन्द्रमामा तयार पारिने कंक्रिट अर्थात् लुनार कंक्रिटका लागि सबैभन्दा मुख्य पदार्थचाहिँ चन्द्र सतहमा पाइने सुख्खा माटो हुनेछ । उक्त माटोलाई लुनार रिगोलिथ भनिन्छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment