Comments Add Comment

१० दिनमा वुहानका सबै मानिसको कोरोना परीक्षण गर्दै चीन

लकडाउन खुलेपछि चीनको वुहानमा देखिएको गतिविधि ।

३० वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानका सबै नागरिकको परीक्षण गराउने भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सरकारले १ करोड १० लाख जनसंख्या भएको यो सहरका सबै मानिसमा कोरोना परीक्षण गर्ने योजना बनाएको हो ।

चीनले अहिले अघि सारेको योजना प्रारम्भिक चरणमा देखिएको छ । वुहानका सबै जिल्लाहरुलाई १० दिनमा कसरी सबै नागरिकको परीक्षण गर्न सकिन्छ भनेर विस्तृत विवरण बुझाउन निर्देशन दिइएको छ । वुहानमा पछिल्लो सप्ताहन्तमा ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै यस्तो योजना सार्वजनिक भएको हो ।

अप्रिल ३ यता वुहानमा कुनै संक्रमण नदेखिएकोमा एक्कासि ६ जनामा भाइरसको संक्रमण देखिएको हो । ११ सातासम्म लकडाउन गरिएको वुहानमा अप्रिल ८ देखि लकडाउन हटाइएको थियो । अहिले वुहानको जनजीवन सामान्य बन्दै गएको छ । विद्यालयहरु खुलेका छन्, व्यवसायहरु सञ्चालनमा आएको छन् र सार्वजनिक यातायातका साधनहरु पनि सञ्चालनमा छन् । यस्तो अवस्थामा वुहानमा पछिल्लो समय देखिएको नयाँ संक्रमणले भने मानिसहरुमा आशंका पैदा गरेको छ ।

१० दिने लडाइँ

प्रतिशत प्रतिवेदनमा उल्लेख गरिएअनुसार मंगलबार वुहानका सबै जिल्लालाई १० दिनमा परीक्षण गर्ने योजना बुझाउन निर्देशन दिइएको छ । प्रत्येक जिल्लाले आफ्नो जनसंख्याको आधारमा परीक्षणको लागि आफ्नो योजना प्रस्तुत गर्नेछन् । प्रतिवेदनमा यो परीक्षणलाई ‘१० दिने लडाइँ’को संज्ञा दिइएको छ । यो परीक्षणमा वृद्धवृद्धा र अत्यधिक बाक्लो बस्ती रहेको क्षेत्र पाथमिकतामा पर्नेछन् ।

यद्यपि, केही वरिष्ठ स्वास्थ्य अधिकारीहरुले भने समग्र सहरमा कोरोना भाइरसको परीक्षण गरिनु असहज र महँगो पर्न सक्ने भन्दै आशंका व्यक्त गरेका छन् । वुहान युनिभर्सिटीको झोङनान अस्पतालको आईसीयू निर्देशक पेङ झियोङले सहरका सबै मानिसलाई भन्दा पनि स्वास्थ्यकर्मी, संकटमा रहेको मानिसहरु र संक्रमितसँग नजिकको सम्बन्ध रहेका मानिसहरुमा गरिनुपर्ने बताए । वुहान युनिभर्सिटीका अर्का निर्देशकले अहिलेसम्म वुहानमा ३० देखि ५० लाख मानिसमा कोरोना भाइरस परीक्षण भइसकेकाले बाँकी ६० देखि ८० लाख मानिसमा अबको १० दिनमा परीक्षण गर्न सम्भव रहेको बताएका छन् ।

अहिले अमेरिकामा दैनिक तीन लाख मानिसमा कोरोना भाइरसको परीक्षण भइरहेको छ । तर, पछि उसले अहिलेसम्म ९० लाख मानिसमा मात्र कोरोना भाइरसको परीक्षण गर्न सकेको छ । त्यसैले चीनको लागि १० दिनमा यति ठूलो संख्यामा परीक्षण गर्नु भने पक्कै पनि ठूलो चुनौती हुनेछ । सामाजिक सञ्जालमा पनि यसको विषयले निकै चर्चा पाइरहेको छ । केहीले यति धेरे संख्यामा परीक्षणको लागि समय र खर्च धेरै लाग्ने भन्दै आशंका व्यक्त गरेका छन् । केहीले भने वुहानमा लकडाउन खुल्नुभन्दा पहिला नै यो परीक्षण गरिनुपर्ने धारणा राखेका छन् ।
स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment