+
+
Shares

घरघरमा ग्यास पुर्‍याउने युवकमा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३० गते १९:४१

३० वैशाख, वीरगञ्ज । बाराको बिश्रामपुर गाउँपालिका–४ बलिरामपुरका कोरोना संक्रमित युवकले साइकलमा राखेर उपभोक्ताको घरघरमा ग्यास पुर्‍याउने गरेको खुलेको छ ।

पर्साको वीरगञ्जको इनर्वाचोकमा ग्यास पसल सञ्चालन गर्दै आएका युवकले बलिरामपुर टोलका घरघरमा ग्यास पुर्‍याउने गरेको पाइएको हो ।

बिश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउतले भने, ‘बलिरामपुरका १६ वर्षीय युवकले वीरगञ्जमा रहेको पसलबाटै उपभोक्ताको डिमान्ड अनुसार साइकलमा राखेर घरघरमै ग्यास पुर्‍याउने गर्दै आएका थिए । उनको बुबाले पसल सञ्चालन गर्दै आइरहेको भएपनि लकडाउनपछि युवकले नै पसल चलाउँदै आएका थिए ।’

युवकमा कोरोना पुष्टि भएको खबर पाउने वित्तिकै उनको परिवारका अन्य सदस्यलाई क्वारेन्टाइनमा राख्ने विषयमा सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीसँग सल्लाह भइरहेको उनले बताए ।
युवकलाई भने उपचारको लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको उनले बताए । ती युवकका घरमा आमा, बुबा, भाइ र एक जना बहिनी रहेको र उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?