Comments Add Comment

कोरोनाबाट निको हुनेको संख्या १५ लाख नजिक

३१ वैशाख, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट निको हुने बिरामीको संख्या १५ लाखनजिक पुगेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार, अहिलेसम्म विश्वभर १४ लाख ९३ हजार चार सय ५० जना बिरामी निको भएर घर फर्किसकेका छन् । अमेरिकामा दुई लाख ३० हजार,जर्मनीमा एक लाख ४७ हजार, स्पेनमा एक लाख ३८ हजार र इटालीमा एक लाख नौ हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्किसकेका छन् ।

त्यस्तै, विश्वभर संक्रमित हुनेको संख्या पनि ४२ लाख ६२ हजार नाघेको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा फेला परेका छन् । अहिलेसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १३ लाख ६९ हजार नाघेको छ । रुसमा दुई लाख ३२ हजारभन्दा बढी संक्रमित छन् भने स्पेनमा दुई लाख २८ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बेलायतमा पनि संक्रमितको संख्या दुई लाख २७ हजार नाघेको छ ।

कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या दुई लाख ९१ हजार नाघेको छ । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८३ हजार तीन सय ७३ पुगेको छ । बेलायतमा अहिलेसम्म ३२ हजार सात सय ६९ जनाको मृत्यु भइसकेको छ भने इटालीमा ३० हजार नौ सय ११ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment