Comments Add Comment

‘साना तथा मध्यम उद्यमीलाई अनलाइनमार्फत व्यवसाय गर्न सक्षम बनाउँछौं’

अनलाइन सपिङ साइट दराजले साना तथा मध्यम उद्यम (एसएमई) क्षेत्रलाई ५५ लाख रुपैयाँबराबरको आर्थिक सहायतासहितको सहयात्री कार्यक्रम घोषणा गरेको छ। कोरोना भाइरसको प्रकोपले एसएमईलाई पु-याएको क्षति न्यूनीकरण गर्न कम्पनीले उनीहरूलाई निःशुल्क सेवा  दिइरहेको छ।

अर्थतन्त्रलाई पु-याएको कुल क्षतिको पूर्ण अनुमान अहिले गर्न नसकिए पनि यसले साना तथा मध्यम उद्यम (एसएमई) क्षेत्रलाई धेरै ठूलो क्षति पुर्याएको कम्पनीले जनाएको छ। अर्थ व्यवस्थालाई पुनर्जीवन दिन र महामारीको प्रभावलाई कम गर्न एसएमई क्षेत्रलाई पुनर्जीवित गर्नु महत्वपूर्ण भएको कम्पनीको ठहर छ।  दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगसँग यसबारे गरिएको कुराकानीको सम्पादित अंश :

दराजको सहयात्री कार्यक्रम कस्तो योजना हो ?

नेपालमा एसएमई क्षेत्रले जीडीपीमा करिब २२ प्रतिशत योगदान पुर्याउँछन् र १७ लाख रोजगारी सिर्जना गर्छन्। कोभिड १९ को कारणले धेरै एसएमईहरूको स्थिति राम्रो छैन र एस्तो समयमा एसएमई क्षेत्रलाई जोगाएन भने अर्थतन्त्रमा एकदमै ठूलो हानी हुनेछ। साथै दराजमा रहेका धेरै विक्रेताहरु पनि एसएमईमा पर्छन् । त्यसैले दराजले दराज सहयात्री कार्यक्रम शुरू गरेको हो।

यो कार्यक्रम नेपाली एसएमई क्षेत्रलाई सहयोग पुर्याउनका लागि हो। यस कार्यक्रममार्फत हामी नयाँ तथा दराजमा पहिलेदेखि नै रहेका विक्रेताहरूलाई हाम्रो डिजिटल प्लेटफर्म मार्फत सम्पूर्ण नेपालभर पुन व्यवसाय सञ्चालन गर्न मद्दत गर्न चाहन्छौं। हामी २ महिनाको लागि विक्रेताहरुबाट कुनैपनि कमिसन लिने छैनौं, साप्ताहिक भुक्तानी प्रदान गर्नेछौं र एक्सप्रेस साईन अपमार्फत नयाँ विक्रेताहरुको अनलाइन व्यवसायहरू स्थापित  गरिदिने छौँ। शिक्षा, प्रशिक्षण, र आर्थिक सहयोग मार्फत हामी उनीहरूलाई दराजमा सफल अनलाइन स्टोर चलाउन आवश्यक सबै चीजहरू प्रदान गर्नेछौं।

लकडाउनको अवधिमा दराजले कसरी काम र सेवा प्रवाह गरिरहेको छ ?

हामीले हाम्रो पुरै रणनीति परिवर्तन गर्यौं। हामी अहिले बिग मार्टसँगको साझेदारीमा किराना र आधारभूत अत्यावश्यक वस्तुहरूको डेलिभरीमा पूरै ध्यान दिइरहेका छौं। लकडाउन अघिनै हामीले हाम्रा ग्राहकहरु र हाम्रा स्टाफको सुरक्षा सुनिश्चित गर्नका लागि धेरै सावधानी अपनाइसकेका थियौं।

लकडाउन भएदेखि हामीले हाम्रा स्टाफको सुरक्षा सुनिश्चित गर्न १००५ होम-अफिस नीति लागू गरेका छौं। हाम्रा सबै डेलिभरी कर्मीहरुलाई  सुरक्षात्मक मास्क, ह्यान्ड स्यानीटाइजर र सफा डिस्पोजेबल र पलिथीन ग्लोभहरू प्रयोग गर्न निर्देशन दिएका छौं।

यसका साथै कम्पनीले उनीहरूको स्वास्थ्यको पनि राम्रोसँग अनुगमन गर्दैछ र अस्वस्थ महसुस भएमा उनीहरूलाई घरमा बस्न निर्देशन दिएको छ। साथै ग्राहकहरुलाई  सामान दिने बेला दुवै ग्राहक र वितरणकर्मीहरूलाई ह्यान्ड स्यानिटाइजर प्रयोग गर्न अनिवार्य गरेको छ।

बिगमार्टसँग तपाईंहरुको सहकार्य कस्तो खालको हो ?

हामी पहिलेदेखि नै आधिकारिक रूपमा बिग मार्टसँग काम गर्ने प्रक्रियामा थियौं। बिग मार्ट नेपालको सबभन्दा अग्रणी सुपरमार्केटहरु मध्ये पर्छ र उनीहरूसँग उत्कृष्ट सप्लाई चेन च्यानलहरू छन्। र यसले पक्कैपनि हामीलाई कठिन समयमा हाम्रा ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न धेरै मद्दत पुर्याएको छ।

नेपालमा साना तथा मझौला व्यापार व्यवसायलाई पुनर्जीवित गर्न दराजको कस्तो मन्त्र प्रयोग गरेको छ ?

हामीले देख्यौं कि कोभिड १९ बाट प्रभावित अन्य देशहरुमा अनलाइन सपिंग, र खाना वितरण कम्पनीहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन् र सम्बन्धित सरकारहरूले पूर्ण समर्थन गरेका छन्।

नेपालमा एसएमईहरू अर्थव्यवस्थाको एकदमै ठूलो भाग हुन् । हामी उनीहरूलाई अनलाइन व्यापार गर्न सक्षम बनाएर उनीहरुको आम्दानीको श्रोतलाई बढाउन चाहन्छौं। हामी उनीहरूलाई केवल दराज मा आमन्त्रित मात्र गरीरहेका छैनौं ।

हामी उनीहरूलाई एक सफल अनलाइन व्यवसायको लागि चाहिने सबै प्रदान गर्दैछौं । अन्य देशहरूमा ई-वाणिज्य मार्फत एसएमईहरूलाई पुनर्जीवित पार्न सकिने भनेर देखिएको छ र यो नेपालमा पनि सम्भव छ । देशभरि ४००० भन्दा बढी विक्रेता भएको एक अनलाइन बजारको रूपमा हामीसँग देशभरि नै सर सामानको बिक्री र वितरणलाई सहयोग गर्न हामीसँग पहिलेदेखि नै अत्यन्त परिष्कृत संरचनाहरु रहेका छन्।

वर्तमान परिस्थितिमा यो योजना सफल हुने सम्भावना छ ?

अनलाइन स्टोर स्थापना गर्ने र यसलाई कसरी चलाउने भनेर चाहिने उपकरण, तालिम तथा शिक्षा धेरै जसो अनलाइन दिन सकिन्छ। हामी हाल इच्छुक विक्रेताहरूलाई कार्यक्रमको लागि साइन अप गर्न  र कम समयमा उनीहरूको अनलाइन पसल बनाउन सहयोग गर्दैछौं। हामी दराज युनिभर्सिटी र हाम्रो अनुभवी स्टाफमार्फत सबै आवश्यक शिक्षा र प्रशिक्षण प्रदान गर्दैर्छौं।

यो कार्यक्रम विशेषगरी बिस्तारै अर्थव्यवस्था पुनः खोल्न साथ प्रभावकारी हुनेछ जुन अहिले बिस्तारै हुँदैछ। हाम्रो लागि सफलता भनेको यस कार्यक्रम जति पनि एसएमईहरू सहभागी हुन्छन्, उनीहरूलाई फेरी आफ्नो व्यवसाय राम्रोसँग सन्चालन गर्न पाउने मौका दिने हो। यस कार्यक्रममार्फत उनीहरूलाई एक ठाउँमा मात्र सीमित नभई देशभरि नै अनलाइनमार्फत व्यवसाय गर्न सक्षम बनाउनु हो ।

तपाईं नेपालमा ईकमर्सको भविष्य कहाँसम्म देख्नुहुन्छ ?

हाल हामीले अनलाइन शपिंगलाई  अपनाउने नेपाली हरुको संख्यामा ठूलो वृद्धि दर देख्यौं र देशभर अहिले धेरै अनलाइन सपिंगको सुविधा र फाइदाका बारे सचेत छन्। विशेष गरी लकडाउनको अन्तिम हप्ताहरूमा अनलाइन शपिंग प्लेटफर्महरुको बढ्दो संख्याले यसको विकासलाई रेखांकित गर्दछ। यहाँसम्म कि सरकारले यससम्बन्धमा पहल सुरु गरेको छ र त्यसैले हामी आशावादी छौं कि इ-कमर्स आउने महिना र वर्षहरूमा राम्रो प्रदर्शन गरिरहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment