
१ जेठ, जनकपुरधाम । गत वैशाख २८ गते मृत फेला महोत्तरीको गौशाला नगरपालिका– ४, विर्ताका दिलीप ठाकुरको आफ्नै साथीबाट हत्या भएको खुलेको छ । ठाकुरलाई उनकै साथी अरुण साहले हत्या गरेको खुलेको हो ।
४६ वर्षीय ठाकुर र २५ वर्षीय साह २८ गते बिहानै रक्सी पिएर घुम्न निस्केका थिए । सो क्रममा दुवैबीच विवाद भएको र साहले बासको भाटाले उनीमाथि प्रहार गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
ठाकुरको मृत्युपछि फरार अरुणकुमार साहलाई बुधबार नियन्त्रणमा लिइएको छ । एसपी अधिकारीका अनुसार, बयानका क्रममा उनले मदिरापानपछि भनाभन हुँदा बासको भाटाले प्रहार गरेको स्वीकारेका छन् ।
साहलाई महोत्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको एसपी अधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4