+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रुसमा संक्रमित संख्या दुई लाख ५० हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १ गते १५:४१

१ वैशाख, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या दुई लाख ५० हजार नाघेको छ ।

रुसले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा नौ हजार नौ सय ७४ नयाँ संक्रमित फेला परेका छन् । यससँगै रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ५२ हजार नाघेको छ ।

यद्यपि नयाँ संक्रमितको संख्यामा भने कमी आएको छ । रुसमा पछिल्लो १२ दिनमा पहिलोपटक नयाँ संक्रमितको संख्या १० हजारभन्दा कम देखिएको हो । रुस अमेरिकापछि सबैभन्दा धेरै संक्रमित भएको मुलुक हो ।

पछिल्लो २४ घण्टामा रुसमा ९३ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । यससँगै रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि दुई हजार तीन सय पाँच पुगेको छ ।

स्रोत :अलजजीरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?