Comments Add Comment

निर्मातालाई एमजी, वितरक र हल संचालकलाई सस्तो व्याजमा ऋणः कायस्थ

कोरोना सन्त्रासका कारण नेपाली चलचित्रको भविष्य के होला भन्ने बहस सुरु भएको छ । नेपाली चलचित्र केही बर्ष पछाडि धकेलिएको छ । तर, लक डाउन खुलेपछि पनि चलचित्र क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने बहस पनि आवश्यक भैसकेको छ ।

हलमा दर्शकलाई आकर्षित कसरी गराउने, लगानीकर्तालाई प्रोत्साहन कसरी गर्ने भन्ने बिषयमा छलफल आवश्यक छ ।

चलचित्र विकास बोर्ड अध्यक्षविहिन छ । यसैले, चलचित्र विकास बोर्डमा सरकारले अब चाडो भन्दा चाडो अध्यक्ष नियुक्त गर्न पनि आवश्यक छ ।

यसैविच, चलचित्र क्षेत्रलाई अगाडि बढाउनका लागि वितरक एवं हल संचालक गोपालकाजी कायस्थले निर्मातालाई चलचित्र बनाउन र चलाउन प्रोत्साहन गर्न वितरकले एमजी दिनुपर्ने तर्क अगाडि सारेका छन् ।

गोपाल भन्छन्–‘हामीले निर्माताहरुलाई कन्भिन्स गर्नैपर्छ । हल संचालनमा आएपनि दर्शक हलमा आइहाल्छन् भन्ने छैन । यसका लागि ठूला ब्यानरका चलचित्र आउनैपर्छ । किनभने, साना ब्यानरका चलचित्र आएपनि हलले थेग्न सक्दैन ।’

कायस्थले एउटा विकल्पको रुपमा एमजी(मिनिमम ग्यारेन्टी)लाई अगाडि सारेका छन् । यसका लागि विकास बोर्ड जस्तो निकायले वितरक तथा हल संचालकहरुलाई निकै कम व्याजदरमा ऋण दिन आवश्यक रहेको उनले बताएका छन् ।

कम ब्याजदरमा पाएको ऋण निर्मातालाई एमजी दिन काम लाग्ने उनको तर्क छ । यो बिषयमा निर्माता संघ र चलचित्र संघ बसेर छलफल गर्न आवश्यक रहेको उनको तर्क छ ।

कायस्थले यो समय चलचित्र क्षेत्र बचाउन आवश्यक रहेको समेत बताएका छन् ।

भूकम्प गएपछि पनि नेपाली चलचित्रले यस्तै नियती भोगेको थियो । तर, यो समय अझै फरक छ । सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले पनि दर्शकहरु हलसम्म पुग्न समय लाग्छ । यसैले, हल खुलिसकेपछि चलचित्र क्षेत्रका हरेक विधामा काम गर्ने चलचित्रकर्मी र प्रदर्शकको बिषयमा सोच्न आवश्यक भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment