Comments Add Comment

प्रहरीको भेषमा एम्बुलेन्स र खाद्यान्नको गाडी लुटपाट, तीन पक्राउ

१ जेठ, काठमाडौं । लकडाउनको समयमा एम्बुलेन्स र तरकारी बोकेको गाडी रोकेर लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-४ का २४ वर्षीय सरोज कामी, ३१ वर्षीय राम भगत र २७ वर्षीय शिव शाही छन् ।

महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार शनिबार मध्यराति पानीघाटस्थित जंगलमा मकवानपुरतिर जाँदै गरेको एम्बुलेन्स उनीहरुले जबरजस्ती राकेका थिए ।

उनीहरुले प्रदेश नं. ३ -०१-२३ च – ११०९ नम्बरको एम्बुलेन्स रोकेर भित्र सवार व्यक्तिको साथबाट ३३ हजार ९ सय ९५ रुपैयाँ र विभिन्न कम्पनीका ६ वटा मोबाइल लुटेका थिए ।

यही समूहले गणेशमान मार्गमा पर्ने चित्लाङ सडक खण्डमा पनि तरकारी ढुवानी गर्ने बोलेरो लुटेको पाइएको छ ।

डीएसपी श्रेष्ठका अनुसार बा ४ ख ९९० नम्बरको इचर तथा ग १ च ७६३३ नम्बरको बोलेरोमा सवार चालकलाई उनीहरुले सादा पोशाकको प्रहरी भएको बताउँदै लुटपाट गरेका थिए ।

उनीहरुविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment