
१ जेठ, काठमाडौं । नेपाली भूमि मिचेर भारतले निर्माण गरेको कैलास मानसरोवर वाइपास सडकको विषय अन्तर्राष्ट्रियकरण गर्न अन्तर्राष्ट्रिय नेपाली एकता समाजले माग गरेको छ ।
समाजको केन्द्रीय समितिले भारले नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गरेको प्रति भत्र्सना गर्दै यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्नपर्नेमा जोड दिएको हो ।
सीमा अतिक्रमणबारे सरकारले पहलकदमी नलिँदा भारतले एकपछि अर्को गर्दै नेपाली भूभाग मिचेको समाजको ठहर छ ।
यस्तो गम्भीर विषयमा अब ढिला गर्न नहुने भन्दै समाजले न्यायका लागि विश्व समुदायमाझ जानु पर्ने धारणा व्यक्त गरेको हो ।
नेपाली भूमि मिचेर निर्माण गरेको कैलास मानसरोवर वाइपास सडक भारतका रक्षामन्त्रीले उद्घाटनसमेत गरिसकेका छन् ।
समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल सुरु गरे पनि भारतले आफ्नै भूमिमा सडक निर्माण गरेको जवाफ दिदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4