Comments Add Comment

बागलुङमा संक्रमितको सम्पर्कमा आएका १२० जनाको स्वाब परीक्षण गरिँदै

२ जेठ, काठमाडौं । बागलुङको गलकोट नगरपालिकामा १२० जनाको कोरोना संक्रमण परीक्षणका लागि थ्रोट स्वाब संकलन सुरु गरिने भएको छ ।

गलकोटका विभिन्न स्थानमा काम गर्ने वीरगञ्जका १४ जना मजदुरमा कोरोना पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका १२० जनाको पहिचान गरी परीक्षण गर्न लागिएको हो ।

नगरपालिकाको वडा नम्बर ५, ३, ६, ७ र ९ का स्थानीयको स्वाब संकलन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए ।

शुक्रबार र शनिबार स्वाब संकलन गरी प्रादेशिक स्वास्थ्य निर्देशनालय कास्की पठाइने छ ।

कोरोना पुष्टि भएका पर्साका मजदुरहरु गलकोटको हरिचौरमा निर्माणाधीन अस्पताल भवन निर्माणमा र फर्निचर उद्योगमा काम गर्थे । उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गरी निगरानीमा राखिएको छ ।

गलकोटका विभिन्न ठाउँमा काम गर्ने मजदुरमा कोरोना पुष्टि भएपछि हाल एक साताका लागि नगरपालिका सिल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment