Comments Add Comment

बागलुङबाट आएका थिए पर्सामा भेटिएका १४ संक्रमित

३० वैशाख, वीरगञ्ज । पर्सामा भेटिएका कोराना भाइरस (कोभिड–१९) का ३९ संक्रमित मध्ये १४ बागलुङबाट आएको खुलेको छ ।

रोजगारीका लागि बागलुङ पुगेका उनीहरु लकडाउनका कारण समस्यामा परेपछि फर्किएका थिए ।

बा ४ ख ५७९० नम्बरको बसामा आएका उनीहरुलाई कास्की प्रशासलले पोखरामा रोक्यो । ‘दुई दिनदेखि अलपत्र परेका छौं बाटोमा भनेर खबर आयो’ छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्ताले भने, ‘जिल्ला प्रशासनसँग समन्वय गर्दा सबै तपाईको गाउँपालिकाको हुनुहुन्छ । क्वारेन्टाइनाको व्यवस्था गर्ने भए पठाउँछौं भन्ने भयो ।’

१३ गते पर्सा पुगेका बसमा ४२ जना थिए । उनीहरुमध्ये ६ जना भारतीय नागरिक थिए भने ५ जना जगन्नाथ र २ जना धोविनी गाउँपालिकाका थिए । तर जगन्नाथ र धोविनीले आफ्ना नागरिकलाई लगेन ।

त्यसैले सबैलाई मंगल माविको क्वारेन्टाइनमा राखिएको प्रमुख गुप्ताले भने ।

क्वारेन्टाइनमा भएका ६२ जनाको थ्रोट स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो । त्यसमध्ये १४ जनाको पाजेटिभ आयो । ‘क्वारेन्टाइनमा बस्दा कुनै लक्षण देखिएको थिए’ गाउँपालिका प्रमुख गुप्ताले भने, ‘हाम्रो गाउँपालिकााक ११, धोविनीका दुई जना र एक भारतीय नागरिकको पोजेटिभ रिपोर्ट आएको छ ।’

अब उनीहरुलाई नारायणी अस्पतालको आइसोलसनमा पठाउने तयारी भइरहेको छ ।

गाउँपालिका प्रमुख गुप्ताका अनुसार बाग्लुङबाट बस चढेर आएका ४२ जना व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने बेलामा नै १ जनामा उच्च ज्वरो देखिएको थियो ।

‘४२ जनामध्ये १ जनामा १०२ डिग्री ज्वरो थियो, मलाई त त्यतिबेलै शंका लागेको थियो,’ प्रमुख गुप्ताले भने, ‘त्यसपछि मैले सीडीओ सा’पलाई फोन गरेर सदरमुकामको आइसोलेसनमा राखेर उपचार गराउनुपर्छ भनेर पनि भनेको थिएँ । तर सीडीओ सा’पले पर्दैन, त्यहीँ क्वारेन्टाइनमै राख्नुस् भनेर भन्नुभएको थियो । मैले के गर्ने ? त्यतिबेला नै स्वाब संकलन गरेर परीक्षण गरेको भए आज १४ जनामा संक्रमण नहुन पनि सक्थ्यो ।’

यो पनि पढ्नुहोस नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि, पत्रकार र स्वास्थ्यकर्मी पनि संक्रमित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment