+
+
Shares

कोरियामा नेपालीको मृत्यु

जीनव खत्री/रासस जीनव खत्री/रासस
२०७७ जेठ २ गते १४:४३

२ जेठ, सउल (दक्षिण कोरिया) । ईपीएस प्रणालीमार्फत रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका एकजना नेपालीको मृत्यु भएको छ । दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको मङ्गलबार साँझ मृत्यु भएको हो ।

सात वर्षदेखि कोरियामा कार्यरत थापा, कम्पनीको ‘नाइटड्युटी’ सकेर मङ्गलबार बिहान ९ बजेतिर सुतेका थिए । कोठामा एक्लै सुत्ने गरेका थापा साँझको ६ बजेसम्म पनि नउठेपछि कम्पनीमा सँगै काम गर्ने साथीले हेर्न जाँदा मृतावस्थामा फेला परेका थिए । लगत्तै उनीहरूले दक्षिण कोरियाको प्रहरीलाई खबर गरेका थिए  ।

उक्त कम्पनीमा खड्काबहादुर थापासहित पाँच नेपाली र तीन चिनियाँ कामदार रहेको मृतकका सहकर्मीले जानकारी दिए । मृतक थापाको शव ख्यङ्जु नजिकै शवगृहमा राखिएको छ ।

घटनाको आवश्यक छानबिन र मृतकको शव व्यवस्थापनका बारेमा परिवारसँग सल्लाह गरिने कोरियाका लागि कार्यवाहक नेपाली राजदूत रामसिंह थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?