Comments Add Comment

कपलभाती प्राणायाम : सरल विधी, अनेक लाभ

त्यसो त कुनैपनि प्राणायाम आफैमा अत्यान्तै लाभदायक छन् । प्राणायामले शरीरमा शुद्ध वायु मिल्छ । फोक्सो, मुटु लगायतका अंगहरुलाई सक्रिय बनाउँछ । शरीरका सम्पूर्ण रक्त संचार प्रक्रियामा सघाउ पु¥याउँछ । साथसाथै मनलाई शान्त र उमंगित तुल्याउँछ ।

कुनैपनि प्राणायाम तपाईं÷हामी गर्न सक्छौं । प्राणायाम गर्नका लागि जुनसुकै समय पनि अनुकुल हुन्छ । यद्यपि बिहानको समय सर्वोत्तम हो । त्यसो घर, कार्यथलो जहाँपनि तपाईंले छोटो विश्राममा प्राणायाम गर्न सक्नुहुन्छ । यस्तै एक विधी हो, कपलभाती प्राणायाम ।

कपलभाती प्राणयाम एकदमै सरल र सहज छ । जुनसुकै उमेरका, जुनसुकै अवस्थाका व्यक्तिले गर्न सक्छन् ।

के हो कपालभाती प्राणायाम ?

कपालभाती प्राणायाम हठयोगको षट्कर्म क्रिया अन्र्तगत पर्छ । यो क्रियामा  त्राटक, नेती, कपालभाती, धौती, बस्ती र नौली पर्छ ।

आसनमा सूर्य नमस्कार, प्राणायाममा कपालभाती र ध्यानमा विपश्यनाको अति महत्वपूर्ण स्थान छ । यद्यपि कपालभाती प्राणायाम सोझै गरिदैन । सुरुमा अनुलोम बिलोम (एउटै लयमा ढंगले नाकले सास लिने र फ्याल्ने क्रिया) गरिन्छ । त्यसपछि कपालभाती गर्नुपर्छ ।

मस्तिष्कको अगाडिको भागकलाई कपाल भन्छ । भातीको अर्थ ज्योति हो । कपालभाती प्राणयाम हठयोगमा सामेल छ ।

प्राणायाममा यो सबैभन्दा प्रभावकारी मानिन्छ ।

कसरी गर्ने ?

सिद्धासन, पद्मासन वा वज्रासनमध्ये कुनैपनि आसनमा बस्न सक्नुहुन्छ । कपालभाती भनेको भित्रको सास बाहिर छाड्ने प्रक्रिया हो । यद्यपि आफ्नो पेटलाई धक्का दिएर अर्थात संकुचित गरेर भित्रको सास बाहिर फ्याक्नुपर्छ ।

यस क्रममा के कुरा ध्यान दिनुपर्छ भने सास बाहिर निकाल्ने मात्र हो, भित्र तान्नु पर्दैन । किनभने यो क्रियामा स्वतः सास भित्र प्रवेश गर्छ ।

के हुन्छ फाइदा ?

यसले सबैभन्दा फाइदा त शरीरभित्र शुद्ध अक्सिजन पु¥याउँछ । फोक्सोको कार्य क्षमतालाई बलियो बनाउँछ । शरीरमा पर्याप्त अक्सिजन भएपछि रक्त प्रवाहमा समेत सहज हुन्छ । मनलाई शान्त तुल्याउँछ ।

कब्जियत, ग्याष्ट्रिक, एसिडिटी जस्ता पेटको समस्या हटाउन यो निकै प्रभावकारी हुन्छ । त्यती मात्र होइन, अनुहारको रुखोपन, चाहुरी, आँखाको तल बस्ने कालोपन (डार्क सर्कल) समेत हटाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment