Comments Add Comment

अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षामा

२ जेठ, काठमाडौं । सरकारले अनौपचारिक क्षेत्रका श्रमिकलाई समेत सामाजिक सुरक्षाको छातामुनी समेट्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामाजिक सुरक्षाका कार्यक्रम एकीकृत रुपमा सञ्चालनको घोषणा गरेकी छन् ।

सामाजिक सुरक्षालाई योगदानमा आधारित बनाउने, अनौपचारक क्षेत्रका श्रमिम, स्वरोजगार र वैदेशिक रोजगारमा गएका कामदारलाई समेत यस कार्यक्रममा समेटिने उनको भनाइ छ ।

सरकारले आफ्नो हेरचाह आफैं गर्न नसक्ने नागरिकको पहिचान गरी उनीहरुको संरक्षण  गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment