Comments Add Comment

भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थल आउँदो वर्ष सञ्चालनमा ल्याइने

२ जेठ, काठमाडौं । सरकारले दुई अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्ष २०७७/७८ मा संचालनको घोषणा गरेको छ ।

यसअघि चालु आवमै संचालनको योजना रहेको भैरहवास्थित गौतमबुद्ध विमानस्थल संचालनको लक्ष्यसमेत पछाडी धकेलिएको हो । साथै, पोखरामा निर्माणाधित क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलसमेत आगामी आवमा निर्माण सम्पन्न गरी संचालनमा ल्याइने भएको छ ।

आगामी आवमा त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा परिणत गरि संचालनमा ल्याइने भएको छ । आगामी आवमा तीन आन्तरिक विमानस्थलको धावनमार्ग कालोपत्रे गरिने भएको छ ।

निजगढ विमानस्थलको निर्माण थालनी समेत आगामी आवमा गर्ने घोषणा नीति तथा कार्यक्रमले गरेको छ । काभ्रेमा विमानस्थल बनाउन चाहिने जग्गाको खोजी गर्ने कार्यक्रमलाई समेत सरकारले फेरी दोहो¥याएको छ ।

हिमाली र पहाडी इलाकामा हिल स्टेशन बन्ने भएको छ । लुम्बनीमा सभाहल र ध्यानकेन्द्र संचालनमा आउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment