Comments Add Comment

नीति तथा कार्यक्रम लामो निबन्ध : मिनेन्द्र रिजाल

२ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई लामो निबन्धको संज्ञा दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संघीय संसद भवन बाहिर पत्रकारलाई प्रतिक्रिया दिँदै उनले सरकारले प्राथमिकता गुमाएको बताए ।

‘यति लामो निबन्ध मैले कल्पना गरेको थिइन । ६३ पानाको छ । अघिल्लो वर्ष २६ पानाको थियो । २६ बाट ६३ पाना पुग्दाखेरि कहीँ पनि दुखमा छौं भन्ने छैन’ उनले भने ।

डा. रिजालले नीति तथा कार्यक्रम बिर्सेर कामको प्राथमिकतामा लाग्न सरकारलाई सुझाव दिएका छन् । ‘६३ पानाको नीति तथा कार्यक्रम बिर्सिनुस् प्राथमिकता के हो त्यतातिर लाग्नुस्’ उनले भने, नीति तथा कार्यक्रममा सरकारले प्राथमिकता गुमाएको छ । प्राथमिकता गुमाएर बनेको नीतिले यो संकटबाट मुलुकलाई बाहर निकाल्न सक्दैन ।’

नेपालमा संक्रमण बढ्दै गएको अवस्थामा कोरोनाबाट जोगिने ठोस कार्यक्रम आउन नसक्नु दुखद भएको नेता रिजालले टिप्पणी गरे । अर्थतन्त्रलाई तल जान नदिन तत्कालका लागि के गर्ने हो त्यो समेत आउन नसकेको उनको टिप्पणी छ ।

मन्त्रालयहरुले ५ महनिा पहिले नै बनाएका कार्यक्रममा कोरोना भाइरस भन्ने शब्द थपेर नीति तथा कार्यक्रम ल्याएको उनले प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment