Comments Add Comment

राष्ट्रपतिसँगको मतभेदपछि १ महिनामै दिए ब्राजिलका स्वास्थ्यमन्त्रीले राजीनामा

२ जेठ, काठमाडौं । ब्राजिलका स्वास्थ्यमन्त्री नेल्सन टेइकले आफ्नो पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यमन्त्री बनेको एक महिना पनि नबित्दै उनले पदबाट राजीनामा दिएका हुन् । कोरोना भाइरस (कोभिड–१९) महामारीमा ब्राजिल विश्वको हटस्पट बन्दै गएपछि उनले आफ्नो पदबाट राजीनामा दिएको उनको कार्यालयले बताएको छ ।

टेइक राष्ट्रपति जेयर बोल्सोनारोसँग महामारी नियन्त्रणको विषयमा असहमत थिए । पछिल्लो समय कोरोना भाइरसको महामारी ब्राजिलमा बढ्दो क्रममा रहेको अवस्थामा स्वास्थ्यमन्त्री र राष्ट्रपतिको बीचमा कुरा मिल्न नसकेको हो । बोल्सोनारोले कोरोना भाइरसविरुद्ध लड्न प्रमाणित हुन नसकेको हाइड्रोक्सिक्लोरोक्विनको प्रयोग गर्न सुझाउँदै आएका छन् । तर, टेइक भने यसको विपक्षमा रहँदै आएका थिए । साथै बोल्सोनारोको लकडाउन खुकुलो बनाउँदै आर्थिक गतिविधि पुनः शुरु गर्ने निर्णयमा पनि उनी असन्तुष्ट रहँदै आएका थिए ।

टेइकले शुक्रबार अबेर उनले पत्रकार सम्मेलन गरेर आफ्नो राजीनामा सार्वजनिक गर्ने बताइएको छ । अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या जर्मनी र फ्रान्समा भन्दा पनि धेरै पुगिसकेको छ । अहिले ब्राजिलमा दुई लाखभन्दा पनि बढी कोरोना भाइरसका संक्रमित छन् भने १४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment