Comments Add Comment

जर्मनीमा रहेका नेपालीले भारतीय कन्सुलेटमा विरोध पत्र बुझाए

३ जेठ, जर्मनी । जर्मनीमा रहेका नेपालीहरुले लिपुलेकमा भारतको बनाएको सडकको विरोध गर्दै फ्रयांकर्फटमा रहेको भारतीय कन्सुलेटमा विरोधपत्र बुझाएका छन् । शुक्रबार बुझाइएको पत्रमा जर्मनीमा रहेका सबै नेपालीको तर्फबाट भारतको उक्त कार्यको विरोध गरिएको छ ।

इस्ट इन्डिया कम्पनीसँग भएको सम्झौता अनुसार महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरा रहेको र त्यसभन्दा पश्चिमको भाग नेपालको भएको सम्झौताको प्रमाण हुँदाहुँदै भारतले त्यसलाई बेवास्ता गरेको उल्लेख छ । भारतको यस किसिमको कार्यले उसको विस्तारवादी र साम्राज्यवादी नीतिलाई उजागर गरेको पत्रमा उल्लेख गरिएको छ ।

भारतले नेपालको चार सय वर्गकिलोमिटर भूमि मिचेको उक्त पत्रमा उल्लेख गरिएको छ । पत्रमा भारतले नेपालको सार्वभौमसत्तामाथि गरेको प्रहारको भत्र्सना गरिएको छ ।

साथै भारतले विभिन्न ७१ स्थानमा ६ सय ७ किलोमिटर नेपाली भूमि अतिक्रमण गरेकोमा पनि ध्यानाकर्षण गरिएको छ । सीमा क्षेत्रमा नेपाली नागरिकमाथि हुने गरेको हत्या, यातना, बलात्कार, लूटपाटजस्ता क्रियाकलाप पनि भारतीय सुरक्षाकर्मीबाट हुने गरेको पनि उक्त पत्रमा उल्लेख छ ।

यसले भारतको विस्तारवादी र साम्राज्यवादी नीतिलाई स्पष्ट पारेको भन्दै तत्काली आफ्नो कदम सच्याउन भारतसँग माग गरिएको छ । साथै नेपाल-भारतको बीचमा समान सन्धी तथा सम्झौताको माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment